Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

उपराष्ट्रपतिमा भोट माग्दै रामसहाय यादवको प्रचण्ड, लिङ्देन र देउवासँग भेट


२९ फागुन, काठमाडाैँ । सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका साझा उम्मेदवार रामसहाय यादवले नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवासँग भोट मागेका छन् ।

सोमबार देउवानिवासमा पुगेर भेट गर्दै जनता समाजवादी पार्टीका सांसद यादवसहित अन्य नेताहरूले उपराष्ट्रपतिमा सहयोग माग गरेका छन् ।

उक्त भेटघाटमा कांग्रेस सभापति देउवाले संघीयता, गणतन्त्र, लोकतन्त्र र देशको हितका निमित्त आफ्नो र आफ्नो दलको सम्पूर्ण मत सत्ता गठबन्धनका साझा उम्मेदवार यादवलाई दिने प्रतिबद्धता व्यक्त गरेको जसपाका नेता प्रदीप यादवले जानकारी दिएका छन् ।

उनले सो भेटमा देउवासँग र्तमान राजनीतिक स्थितिलगायत अन्य समसामायिक विषयमा पनि छलफल गरेको उल्लेख गरेका छन् ।

भोट माग्ने क्रममा नै जसपाका नेताहरूले सोमबार नै राप्रपका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत नेताहरूसँग भेट गरेका छन् ।

यही चैत ३ गते मुलुकको उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । उक्त पदका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनका तर्फबाट रामसहाय यादव र मता झाले उम्मेदवारी दिएका छन् । यसअघि सत्तागठबन्धनबाटै उम्मेदवारी दिएकी प्रमिला यादवले भने सोमबार उम्मेदवारी फिर्ता लिएकी छन् ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?