Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उपराष्ट्रपतिमा भोट माग्दै रामसहाय यादवको प्रचण्ड, लिङ्देन र देउवासँग भेट


२९ फागुन, काठमाडाैँ । सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका साझा उम्मेदवार रामसहाय यादवले नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवासँग भोट मागेका छन् ।

सोमबार देउवानिवासमा पुगेर भेट गर्दै जनता समाजवादी पार्टीका सांसद यादवसहित अन्य नेताहरूले उपराष्ट्रपतिमा सहयोग माग गरेका छन् ।

उक्त भेटघाटमा कांग्रेस सभापति देउवाले संघीयता, गणतन्त्र, लोकतन्त्र र देशको हितका निमित्त आफ्नो र आफ्नो दलको सम्पूर्ण मत सत्ता गठबन्धनका साझा उम्मेदवार यादवलाई दिने प्रतिबद्धता व्यक्त गरेको जसपाका नेता प्रदीप यादवले जानकारी दिएका छन् ।

उनले सो भेटमा देउवासँग र्तमान राजनीतिक स्थितिलगायत अन्य समसामायिक विषयमा पनि छलफल गरेको उल्लेख गरेका छन् ।

भोट माग्ने क्रममा नै जसपाका नेताहरूले सोमबार नै राप्रपका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत नेताहरूसँग भेट गरेका छन् ।

यही चैत ३ गते मुलुकको उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । उक्त पदका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनका तर्फबाट रामसहाय यादव र मता झाले उम्मेदवारी दिएका छन् । यसअघि सत्तागठबन्धनबाटै उम्मेदवारी दिएकी प्रमिला यादवले भने सोमबार उम्मेदवारी फिर्ता लिएकी छन् ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?