Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

क्यानडाले अन्तराष्ट्रिय विद्यार्थीको संख्या ३५ प्रतिशतले घटाउने


काठमाडौं। क्यानडा सरकारले नयाँ विद्यार्थी भिसा घोषणा गरेको छ । यसअन्तर्गत विद्यार्थी भिसा ३५ प्रतिशतले घटाइएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई रोक्न र संस्थागत कमजोरीहरूलाई सम्बोधन गर्ने प्रयासमा, अध्यागमन मन्त्री मार्क मिलरले आगामी दुई वर्षमा दिइने विद्यार्थी भिसाको संख्यामा सीमा तोकेको बताइएको छ ।

२०२४ को लागि, संघीय सरकारले ३ लाख ६० हजार स्नातक अध्ययन अनुमतिहरू अनुमोदन गर्ने लक्ष्य राखेको छ भने यो संख्या २०२३ को भन्दा ३५ प्रतिशतले घटाइएको छ । संघीय सरकारको यो निर्णयले नेपालसहित विभिन्न देशबाट जाने विद्यार्थीलाई ठूलो असर पार्नेछ ।

प्रत्येक क्षेत्रले विश्वविद्यालय र कलेजहरू बीच कसरी अनुमतिहरू वितरण गर्ने निर्णय गर्नेछ भने यो क्याप दुई वर्षसम्म कायम रहनेछ, २०२५ मा जारी गरिएको भिसाको सङ्ख्याको पुनः मूल्याङ्कन गरिने छ ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?