Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

क्यानडाले अन्तराष्ट्रिय विद्यार्थीको संख्या ३५ प्रतिशतले घटाउने


काठमाडौं। क्यानडा सरकारले नयाँ विद्यार्थी भिसा घोषणा गरेको छ । यसअन्तर्गत विद्यार्थी भिसा ३५ प्रतिशतले घटाइएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई रोक्न र संस्थागत कमजोरीहरूलाई सम्बोधन गर्ने प्रयासमा, अध्यागमन मन्त्री मार्क मिलरले आगामी दुई वर्षमा दिइने विद्यार्थी भिसाको संख्यामा सीमा तोकेको बताइएको छ ।

२०२४ को लागि, संघीय सरकारले ३ लाख ६० हजार स्नातक अध्ययन अनुमतिहरू अनुमोदन गर्ने लक्ष्य राखेको छ भने यो संख्या २०२३ को भन्दा ३५ प्रतिशतले घटाइएको छ । संघीय सरकारको यो निर्णयले नेपालसहित विभिन्न देशबाट जाने विद्यार्थीलाई ठूलो असर पार्नेछ ।

प्रत्येक क्षेत्रले विश्वविद्यालय र कलेजहरू बीच कसरी अनुमतिहरू वितरण गर्ने निर्णय गर्नेछ भने यो क्याप दुई वर्षसम्म कायम रहनेछ, २०२५ मा जारी गरिएको भिसाको सङ्ख्याको पुनः मूल्याङ्कन गरिने छ ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?