Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बिपीका उपकुलपति कार्कीलाई कारबाही गर्न माग गर्दै मन्त्रालयलाई हर्क साम्पाङको पत्र


काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेखेका छन् ।

त्यस्तै, ‘स्वास्थ्य मन्त्रालयबाट कार्यकारिणी समितिको बैठक तुरुन्तै बसाउन निर्देशन दिएपनि हालसम्म कुनै बैठक राख्न नसकेकाले प्रतिष्ठान शिक्षक, कर्मचारी चिकित्सकको माग सम्बोधन जस्ता विषयमा अन्यौलता देखिएको छ,’ पत्रमा भनिएको छ, ‘ हालको विद्यमान परिस्थितको समस्याको समाधान गर्न नसकेको हुँदा निजलाई कानुन मुताविक तुरुन्तै आवश्यक कारबाही अघि बढाइदिनुहुन अनुरोध छ ।’

कार्कीले कार्यकारिणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको भन्दै मेयर राईले मन्त्रालयलाई कानुन बमोजिम कारबाही गर्न पत्र पठाएका हुन् ।

 

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?