Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सहकारीको रकम ठग्ने समूहले नै बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ: सभापति आरजु राणा


काठमाडौं। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु देउवा राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन् ।

उक्त समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी पीडितहरूको समस्या राज्यले समाधान गर्नुपर्ने कुराहरू बाहिर आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत पीडितहरूको रकम अपचलन गर्नेहरूले गर्नुपर्ने बताएकी हुन् ।

उनले राज्यले सबै पीडितहरूको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरूबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताइन् । उनले सहकारी ठगी गर्ने समूहलाई सहकारीका बचत कर्ताको रकम फिर्ता गर्न लगाउने तर फिर्ता नगरे कानून बजोमाजिम कारबाही गर्न आवश्यक रहेको बताएकी छन् ।

उनले भनिन्, ‘ पछिल्लो समय हेरक दिन सहकारीको रकम घोटाला लगायतका समाचारहरू सुनिन्छ । सहकारी समस्याको समाधान सरकारले दिने होइन । सरकारले के–के लाई समाधान दिन्छ । जसले ठगेको छ । त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ ।’

नेपालमा बैंक स्थापना गर्न धेरै गाह्रो छ, तर सहकारी स्थापना गर्न भनेको चोर बाटो हो सजिलोसँग पैसा जम्मा गर्ने र पैसा सहज रूपमा प्रयोग गर्ने । यो सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरीत छ । त्यसलाई नियमको दायरामा ल्याउनुपर्छ ।’ उनले भनिन् ।

उनले सहकारी पीडितको समस्या समाधान राज्यले गर्छ भनेर बस्न नहुने उल्लेख गरिन् । उनले सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्ने बताएकी छन् ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?