Trending
>>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल >>   डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो >>   देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला >>   प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

आइपीओको ओपनिङ रेन्ज घटाउने तयारी


काठमाडौं। नेपाल स्टक एक्सचेन्जले ओपनिङ रेन्ज (सुरुवाती मूल्य) घटाउने तयारी गरेको छ । एक्सचेन्जले आइपीओको पहिलो कारोबारका लागि दिने गरेको सुरुवाती मूल्य घटाउने तयारी गरेको हो ।

विशेष गरी खराब वित्तीय अवस्था भएको सोनापुरको सेयर मूल्य उचालिएको विषयलाई लिएर नेप्सेको आलोचना भएपछि ओपनिङ रेन्ज घटाउन नेप्सेलाई दबाब परेको नेप्से स्रोतले बताएको छ ।

त्यस्तै, बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीले पनि आइपिओ जारी गर्ने र ती कम्पनीलाई तीन गुणासम्म ओपनिङ रेन्ज दिँदा केही समय सेयर मूल्य उचालिए पनि लगानीकर्ता जुनसुकै बेला फस्न सक्ने भन्दै ओपनिङ रेन्ज घटाउन सञ्चालक समितिलाई प्रस्ताव पेश गरेको नेप्से व्यवस्थापन समूहले जनाएको छ ।

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?