Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रामेछाप अस्पतालमा सुरु भयो आइसियु सेवा


काठमाडौं। रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक आइसियु सेवा सुरु भएको छ । सो सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीको पनि जिल्लामा नै उपचार सम्भव हुने भएको छ । उक्त जिल्ला अस्पतालले आफ्नै पहलमा दुई बेडको आइसियु कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

त्यस्तै, जिल्लामा आइसियु उपचार कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई उपचारको लागि जिल्ला बाहिर लैजानु पर्ने अवस्था थियो । अब त्यो समस्या हल भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । सो प्रदेश स्तरको रामेछाप अस्पतालले प्रवाह गर्ने सेवा थप गर्दै लगेको छ । जसले गर्दा बिरामीहरूले स्थानीय स्तरमा नै सेवा पाउन लागेका छन् ।

अस्पतालले हाल निःशुल्क रूपमा डायलाईसिस सेवा, चौबिसै घण्टा मेडिकल लिगल सेवा, सामाजिक सेवा इकाई, निःशुल्क एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरिरहेको छ । त्यस्तै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगहरू सम्बन्धी निःशुल्क जाँच, निदात्मक तथा परामर्श सेवा पनि अस्पतालले प्रदान गर्दै आएको छ ।

त्यसैगरी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दन्त सामाग्री निःशुल्क वितरण, हरेक महिनाको अन्तिम बुधबार विशेषज्ञद्वारा मानसिक तथा नशा रोग सेवा सम्बन्धी निःशुल्क जाँच सेवा पनि अस्पतालले प्रवाह गर्दै आएको छ भने हरेक महिनाको अन्तिम बुधबार विशेषज्ञद्वारा नाक, कान, घाँटी तथा थाईरोईड रोग सम्बन्धी निःशुल्क जाँच, नवजात शिशुलाई निःशुल्क उपचार व्यवस्थापन, निःशुल्क रूपमा आकस्मिक प्रसूति रेफर तथा निःशुल्क प्रसूतिजन्य शल्यक्रियाको सेवा समेत अस्पतालले प्रदान गर्दै आएको छ ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?