Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

रामेछाप अस्पतालमा सुरु भयो आइसियु सेवा


काठमाडौं। रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक आइसियु सेवा सुरु भएको छ । सो सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीको पनि जिल्लामा नै उपचार सम्भव हुने भएको छ । उक्त जिल्ला अस्पतालले आफ्नै पहलमा दुई बेडको आइसियु कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

त्यस्तै, जिल्लामा आइसियु उपचार कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई उपचारको लागि जिल्ला बाहिर लैजानु पर्ने अवस्था थियो । अब त्यो समस्या हल भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । सो प्रदेश स्तरको रामेछाप अस्पतालले प्रवाह गर्ने सेवा थप गर्दै लगेको छ । जसले गर्दा बिरामीहरूले स्थानीय स्तरमा नै सेवा पाउन लागेका छन् ।

अस्पतालले हाल निःशुल्क रूपमा डायलाईसिस सेवा, चौबिसै घण्टा मेडिकल लिगल सेवा, सामाजिक सेवा इकाई, निःशुल्क एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरिरहेको छ । त्यस्तै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगहरू सम्बन्धी निःशुल्क जाँच, निदात्मक तथा परामर्श सेवा पनि अस्पतालले प्रदान गर्दै आएको छ ।

त्यसैगरी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दन्त सामाग्री निःशुल्क वितरण, हरेक महिनाको अन्तिम बुधबार विशेषज्ञद्वारा मानसिक तथा नशा रोग सेवा सम्बन्धी निःशुल्क जाँच सेवा पनि अस्पतालले प्रवाह गर्दै आएको छ भने हरेक महिनाको अन्तिम बुधबार विशेषज्ञद्वारा नाक, कान, घाँटी तथा थाईरोईड रोग सम्बन्धी निःशुल्क जाँच, नवजात शिशुलाई निःशुल्क उपचार व्यवस्थापन, निःशुल्क रूपमा आकस्मिक प्रसूति रेफर तथा निःशुल्क प्रसूतिजन्य शल्यक्रियाको सेवा समेत अस्पतालले प्रदान गर्दै आएको छ ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?