Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीको सुझाव


काठमाडौं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा आज विभिन्न सात संवैधानिक आयोगसँग सुझाव लिएको छ ।

उक्त समितिको बैठकमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विक, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णनुप्रसाद चौधरी, राष्ट्रिय समावेश आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विधेयकलाई थप परिमार्जन गर्न आग्रह गरेका छन् ।

उनीहरुले विधेयकमा देशभक्ति, रैथाने सीप, आदिवासी ज्ञान र सदाचारका कुरा पाठ्ययक्रममा राखिनुपर्ने, लैङ्गिकता र समावेशीलाई ध्यान दिइनुपर्ने लगायत सुझाव दिएका थिए ।

 


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?