Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

डिस्चार्ज भए कलेजो प्रत्यारोपण गरेका ३ वर्षीय बालक


काठमाडौं। नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिएका तीन वर्षीय बालक डिस्चार्ज भएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत पुस २७ गते डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पर्साका ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण सफलता पूर्वक गरिएको थियो ।

त्यस्तै, बालकको अप्रेसनमा ५० जान चिकित्सकको टोलीले १४ घण्टा लगाएको श्रेष्ठले बताए । डा. श्रेष्ठको नेतृत्वमा भएका प्रत्यारोपणमा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक बिदाका दिन पनि प्रत्यारोपण गरेका हुन् ।

प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा। पुजा अमात्य लगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा। सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा.वर्षा वर्मा तथा भारतीय चिकित्सकको पनि सहभागिता रहेको थियो । उनका अनुसार बच्चामा हुने क्यान्सरका कारणले कलेजो फेल भएको हो ।

उक्त अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘देशमा कलेजो प्रत्यारोपणको सुरुवात गर्ने यस केन्द्रले सबै भन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको छ । यस केन्द्रले सुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष जनाको सफल कलेजो प्रत्यारोपण गरी सकेको छ भने केन्द्र स्थापनाको ११ वर्ष अवधिमा ११८८ जनाको मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण समेत भई सकेको छ ।’

ती बच्चालाई आइतबार ९ दिन र आमालाई ६ दिनमा डिस्चार्ज गरिएको श्रेष्ठले बताए । केन्द्रका वरिष्ठ प्रशासक सहायक विश्वनाथ पौड्यालका अनुसार १५ देखि २० लाखसम्म रुपैयाँ कलेजो प्रत्यारोपणमा खर्च लाग्ने भए पनि १५ लाख मात्रै अस्पतालले लिएको छ । ती बालकलाई उनकी ३० वर्षीय आमा सिता भट्टले कलेजो दान दिएकी हुन् भने प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको पौड्यालले बताएका छन् ।

 

 


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?