Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

राष्ट्रिय सभा निर्वाचनः जनकपुरमा सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रम


वीरगन्ज। आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुर सत्ता गठबन्धनले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

उक्त राष्ट्रिय सभा निर्वाचन समन्वय समिति (गठबन्धन दल) मधेस प्रदेश जनकपुरले महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

त्यस्तै, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन मधेस प्रदेश सभा सदस्य एवं स्थानीय तहका नगर प्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूका लागि अभिमुखीकरण कार्यक्रम राखिएको कार्यक्रममा सहभागी प्रदेश सांसद श्याम पटेलले जनाएका छन् ।

उक्त मधेस प्रदेशको जनकपुरमा गठबन्धनद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रचारप्रसार समिति संयोजक रमेश लेखक, सदस्यहरू माओवादी नेता वर्षमान पुन, जसपा नेता मनिष सुमनसहितका प्रतिनिधिहरूको उपस्थिति रहेको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एस, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् भने यो सबै दलबाट २ जनाको उम्मेदवारी परेको छ ।

सो अभिमुखीकरण कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका गठबन्धनका प्रदेश सांसदहरू,मेयर÷उपमेयर तथा पालिका प्रमुख/उपप्रमुखहरूको सहभागिता रहेको छ भने मधेस प्रदेशमा गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारद्वय आनन्द ढुंगाना र पूजा चौधरीलाई जिताउनका लागि छलफल तथा अभिमुखीकरण कार्यक्रम राखिएको आयोजक समितिले जनाएको छ ।

त्यस्तै, मधेस प्रदेशमा १ सय ७ जना प्रदेशसभा सदस्य, २६७ जना जनप्रतिनिधि गरी ३७४ मतदाता सहभागी हुनेछन् भने प्रत्येक प्रदेशसभा सदस्यको मतभार ५३ र प्रत्येक स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।

सो निर्वाचनमा स्थानीय तहको ५ हजार ७३ मतभार र प्रदेशसभा सदस्यको ५ हजार ६७१ मतभार गरी कुल १० हजार ७४४ कुल मतभार छ ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?