Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

राष्ट्रिय सभा निर्वाचनः जनकपुरमा सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रम


वीरगन्ज। आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुर सत्ता गठबन्धनले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

उक्त राष्ट्रिय सभा निर्वाचन समन्वय समिति (गठबन्धन दल) मधेस प्रदेश जनकपुरले महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

त्यस्तै, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन मधेस प्रदेश सभा सदस्य एवं स्थानीय तहका नगर प्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूका लागि अभिमुखीकरण कार्यक्रम राखिएको कार्यक्रममा सहभागी प्रदेश सांसद श्याम पटेलले जनाएका छन् ।

उक्त मधेस प्रदेशको जनकपुरमा गठबन्धनद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रचारप्रसार समिति संयोजक रमेश लेखक, सदस्यहरू माओवादी नेता वर्षमान पुन, जसपा नेता मनिष सुमनसहितका प्रतिनिधिहरूको उपस्थिति रहेको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एस, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् भने यो सबै दलबाट २ जनाको उम्मेदवारी परेको छ ।

सो अभिमुखीकरण कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका गठबन्धनका प्रदेश सांसदहरू,मेयर÷उपमेयर तथा पालिका प्रमुख/उपप्रमुखहरूको सहभागिता रहेको छ भने मधेस प्रदेशमा गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारद्वय आनन्द ढुंगाना र पूजा चौधरीलाई जिताउनका लागि छलफल तथा अभिमुखीकरण कार्यक्रम राखिएको आयोजक समितिले जनाएको छ ।

त्यस्तै, मधेस प्रदेशमा १ सय ७ जना प्रदेशसभा सदस्य, २६७ जना जनप्रतिनिधि गरी ३७४ मतदाता सहभागी हुनेछन् भने प्रत्येक प्रदेशसभा सदस्यको मतभार ५३ र प्रत्येक स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।

सो निर्वाचनमा स्थानीय तहको ५ हजार ७३ मतभार र प्रदेशसभा सदस्यको ५ हजार ६७१ मतभार गरी कुल १० हजार ७४४ कुल मतभार छ ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?