Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

काठमाडौंमा बिजुलीका तार भूमिगत गरिँदै, यी ठाउँमा हुन्छ विद्युत् अवरोध


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दै छ ।

प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको छ भने विद्युतीय लाइन भूमिगत गर्दा ती क्षेत्रमा विद्युत् अवरोध हुने जनाइएको छ । प्राधिकरणका अनुसार यसरी काम भइरहेका बेला हरेक आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

आइतबार महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै, माघ ९ गते गणेश चोकदेखि स्पेशल चोकसम्मको क्षेत्र, माघ १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

त्यस्तै, माघ ११ गते चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, माघ १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म र माघ १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुने प्राधिकरणले जनाएको छ ।

उक्त प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै विद्युतीय लाइभ भूमिगत गर्ने कार्यका कारण विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

 


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?