Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

काठमाडौंमा बिजुलीका तार भूमिगत गरिँदै, यी ठाउँमा हुन्छ विद्युत् अवरोध


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दै छ ।

प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको छ भने विद्युतीय लाइन भूमिगत गर्दा ती क्षेत्रमा विद्युत् अवरोध हुने जनाइएको छ । प्राधिकरणका अनुसार यसरी काम भइरहेका बेला हरेक आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

आइतबार महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै, माघ ९ गते गणेश चोकदेखि स्पेशल चोकसम्मको क्षेत्र, माघ १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

त्यस्तै, माघ ११ गते चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, माघ १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म र माघ १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुने प्राधिकरणले जनाएको छ ।

उक्त प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै विद्युतीय लाइभ भूमिगत गर्ने कार्यका कारण विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

 


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?