Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इराकमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण


काठमाडौं। इरान समर्थित आतङ्ककारी समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा रकेट र ब्यालेस्टिक मिसाइलले आक्रमण गरेका छन् ।

उक्त आक्रमणबाट धेरै अमेरिकी सैनिक घाइते भएको जनाइएको छ भने अमेरिकी सेनाले धेरै सैनिकलाई गम्भीर चोटपटक लागेको र अनुसन्धान भइरहेको जनाएको छ । ‘शनिबार पश्चिमी इराकको अल–असद एयरबेसमा धेरै ब्यालेस्टिक मिसाइल र रकेटहरू प्रहार गरिएको थियो,’ अमेरिकी केन्द्रीय कमाण्डले ट्विटरमा एक पोस्टमा भनेको छ ।

त्यसैगरी, वायु रक्षा प्रणालीले हावामा रहेका अधिकांश क्षेप्यास्त्रहरूलाई रोकेर नष्ट गर्‍यो, तर केही मिसाइलहरू एयरबेसमा खसेका थिए । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको छ भने धेरै अमेरिकी कर्मचारीको टाउकोमा गम्भीर चोट लागेको छ ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?