Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

लाेकसेवामा चेलीहरूकाे किर्तिमानः रोल्पाकी खुशीले गरीन १ बर्षमा लोकसेवाको ७ परीक्षा पास !


काठमाडाैं । रोल्पाली चेली खुशी बुढामगरले १ बर्षको अवधिमा लोकसेवा आयोगको विभिन्न पदका ७ वटा परीक्षामा उत्तिर्ण गरेकी छन । यससँगै उनी पछिल्लो युवा पुस्तालाई मेहनतले पढे नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा बनेकी छन् ।

बाजुरा बुढिगंगाकि छाया जैशीले २०८० को बैशाख देखी १० महिनाको अवधिमा लोकसेवाको ६ लिखित परीक्षामा सफल भएकी छन् । ती मध्ये कोशी प्रदेशमा मौखिम परीक्षा समेत सफल भएर सरकारी जागिर खान थालिसकिन् । हाल कोशी प्रदेश उदयपुर जिल्ला ताप्ली गाउँपालिकामा कार्यरत छन् ।

पौष २५ गत लुम्बीली प्रदेशमा भेटेनरी चौथो तह, पौष ९ गते संघिय लोकसेवा आयोग पाँचौ तह, पौष ३ गते बाग्मती पाँचौ तह र असोज १४ गते सुदूरपश्मिच प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी छन् । गएको बैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकालेपनि मौखिमपछि नाम वैकल्पीकमा मात्रै निस्कीएको थियो।

गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकालेकी  छन् । यससँगै उनलाइ मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक उदाहरण भएकाे भन्दै बधाई र शुभकामना दिनेकाे भीड लागेकाे छ ।


प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?