Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

लाेकसेवामा चेलीहरूकाे किर्तिमानः रोल्पाकी खुशीले गरीन १ बर्षमा लोकसेवाको ७ परीक्षा पास !


काठमाडाैं । रोल्पाली चेली खुशी बुढामगरले १ बर्षको अवधिमा लोकसेवा आयोगको विभिन्न पदका ७ वटा परीक्षामा उत्तिर्ण गरेकी छन । यससँगै उनी पछिल्लो युवा पुस्तालाई मेहनतले पढे नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा बनेकी छन् ।

बाजुरा बुढिगंगाकि छाया जैशीले २०८० को बैशाख देखी १० महिनाको अवधिमा लोकसेवाको ६ लिखित परीक्षामा सफल भएकी छन् । ती मध्ये कोशी प्रदेशमा मौखिम परीक्षा समेत सफल भएर सरकारी जागिर खान थालिसकिन् । हाल कोशी प्रदेश उदयपुर जिल्ला ताप्ली गाउँपालिकामा कार्यरत छन् ।

पौष २५ गत लुम्बीली प्रदेशमा भेटेनरी चौथो तह, पौष ९ गते संघिय लोकसेवा आयोग पाँचौ तह, पौष ३ गते बाग्मती पाँचौ तह र असोज १४ गते सुदूरपश्मिच प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी छन् । गएको बैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकालेपनि मौखिमपछि नाम वैकल्पीकमा मात्रै निस्कीएको थियो।

गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकालेकी  छन् । यससँगै उनलाइ मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक उदाहरण भएकाे भन्दै बधाई र शुभकामना दिनेकाे भीड लागेकाे छ ।


प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?