Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

चौधरी फाउण्डेसनसँगको सहकार्यपछि चिसापानी अस्पतालमा सेवाग्राहीको चाप, उपचार गराउनेको संख्यामा दोब्बरले बृद्धि


बर्दघाट। नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पतालमा उपचार सेवा लिनेको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालको सेवा विस्तारका साथै विशेषज्ञ चिकित्सकको व्यवस्था भएपछि अस्पतालमा सेवा लिनेको संख्यामा ह्वात्तै बृद्धि भएको हो । एक वर्षअघिसम्म अस्पतालमा सेवा लिनेको संख्या न्यून थियो भने पछिल्लो समय विरामीको चाप दोब्बरले बढेको हो ।

पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद विनोद चौधरीले चिसापानी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेसँगै अस्पतालप्रति स्थानीयको विश्वास बढ्न थालेको हो । अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नती गर्न चौधरी फाउण्डेनसँगको सम्झौतापछि अस्पतालको सेवा प्रवाहमा व्यापक सुधार आएको छ भने विशेषज्ञ चिकित्सकसहितको सुविधा उपलब्ध हुन थालेको हो ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मञ्जिला घिमिरेले चौधरी फाउण्डेनसँगको सहकार्यपछि अस्पतालको चौतर्फी सुधार आएको बताइन् । उनले भनिन्, ‘अहिले त अस्पतालमा विरामीको चाप बढ्न थालेको छ । हामीलाई व्यवस्थापनदेखि प्राविधिक कुरामा चौधरी फाउण्डेसनको सहयोग महत्वपूर्ण छ । फाउण्डेसनको सहयोग र सहकार्यमा अस्पतालको सेवा प्रवाहमै प्रत्यक्ष असर देखिन थालेको छ ।’

उनका अनुसार अस्पतालको सेवा प्रवाहमा सहजता र विशेषज्ञ चिकित्सकको व्यवस्था भएपछि विरामीको चाप पनि बढ्न थालेको छ । ‘अहिले अस्पतालमा दैनिकजसो उपचार गराउन आउनेको संख्या बढ्दै गएको छ । आफ्नै गाउँठाउँमा रहेको अस्पतालबाट राम्रो उपचार हुन थालेपछि यहाँका बासिन्दा पनि खुसी भएको मैले पाएँ,’ उनले भनिन् ।
अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । नर्भिक अस्पतालको सहयोगमा चिसापानी अस्पतालको सेवा प्रवाह र स्तरोन्ततिको कार्य भइरहेको छ । बिग्रेका मेसिनहरुको मर्मत सम्भार, तिनीहरुको प्रयोग र परिचालनका विषयमा तालिम दिइएको छ भने सरसफाइ, ल्याबको गुणस्तर नियन्त्रणका साथै नर्सहरुलाई पनि आवश्यक तालिम प्रदान गर्ने कार्य फाउण्डेसनमार्फत् भएको हो ।

अस्पतालको फोहोर व्यवस्थापन, थोरै ठाउँको अधिकतम प्रयोग गर्न मिल्ने गरी कोठा व्यवस्थापन र अस्पतालको नयाँ संरचना निर्माणमा फाउण्डेसनमार्फत् सहयोग भएको छ । अहिले अस्पतालमा २४ सै घण्टा ल्याबसुविधा उपलब्ध हुनुका साथै शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना र २४ सैं घन्टा आपतकालीन सेवाहरूको सुनिश्चितता गरिएको छ । विरामीको चाप बढ्न थालेपछि ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू भइसकेको छ ।

यस्तै चिसापानी अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएको छ । फाउण्डेसनकै सहयोगमा सबल केन्द्र सञ्चालनमा आएको हो । सबल केन्द्रमार्फत् हातखुट्टा नभएकाहरुलाई (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउन सुरु भइसकेको छ । चौधरी फाउण्डेसनले चिसापानी अस्पतालको संगठन तथा व्यवस्थापन अध्ययन प्रतिवेदन तयार गरी अस्पताल व्यवस्थापन र बर्दघाट नगरपालिकालाई बुझाइसकेको छ ।

६ महिनामै ११ हजार बढिले गराए उपचार

चिसापानी अस्पतालमा पछिल्लो ६ महिनामा ११ हजार बढिले सेवा लिएका छन् । अस्पतालको तथ्यांक अनुसार साउन महिनादेखि पुस मसान्तसम्म अस्पतालमा सेवा लिनको संख्या ११ हजार ३ सय जना रहेको छ । जसमध्ये महिलाको संख्या ६ हजार ७ सय ४६ रहेको छ भने पुरुष ४ हजार ५८३ छन् । त्यस्तै आपतकालीन सेवा (इमर्जेन्सी) लिनेको संख्या करिव दुई हजार छ । अस्पतालमा २०७९/८० मा २१ हजारले उपचार गराएका छन् । जबकी २०७८÷७९ मा यो संख्या आधा मात्रै थियो । उक्त वर्ष चिसापानी अस्पतालमा ११ हजारले मात्रै उपचार गराएका थिए । चालू आर्थिक वर्षमा उपचार गराउन आउनेको संख्या अझै बढ्ने अस्पतालको विश्वास छ ।

ट्रमा अस्पताल निर्माण प्रक्रिया अगाडि बढ्यो

चिसापानी अस्पतालसँगै ट्रमा अस्पताल निर्माण प्रक्रिया अगाडि बढेको छ । २५ बेड शैय्याको ट्रमा अस्पताल निर्माणका लागि सरकारले बहुबर्षीय आयोजना अन्तर्गत स्वीकृतिको प्रक्रियामा छ । सरकारले चालू आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरिसकेको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?