Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सामान चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजीनामा


काठमाडौं। न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजीनामा दिएकी छिन् । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि उनले राजीनामा दिएकी हुन् ।

सांसद गाहरमनमाथि दुई कपडा पसलमा तीन पटक सामान चोरी गरेको आरोप लागेको थियो । यी मध्ये एउटा पसल अकल्याण्डमा र अर्को वेलिंगटनमा अवस्थित छन् ।

मंगलबार सीसीटीभी फुटेज सार्वजनिक भएपछि उनको राजीनामा आएको हो । सीसीटीभी फुटेजमा,उनले अकल्याण्ड बुटीकबाट डिजाइनर ह्यान्डब्याग लिएको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघका पूर्व मानवअधिकार अधिवक्ता समेत रहेकी गाहरमनले सन् २०१७ को संसदीय निर्वाचन जितेर इतिहास रचेकी थिइन् । उनी न्युजिल्याण्डको संसदमा निर्वाचित पहिलो शरणार्थी थिइन् ।

उनले एकपटक आफ्नो पार्टीको न्याय विभाग पनि सम्हालिसकेकी छिन् । गाहरमन बाल्यकालमा परिवारसहित इरानबाट त्यहाँ पुगेकी हुन् । उनको परिवारलाई न्यूजिल्याण्डमा राजनीतिक शरण दिइएको थियो ।

हालै गाहरमन प्यालेस्टाइन समर्थक आन्दोलनमा सहभागी भएकी थिइन् । ग्रीन पार्टीको विदेश मामिला र मानव अधिकार प्रवक्ताको रूपमा, उनले गाजामा हमास विरुद्धको युद्धमा इजरायलको सैन्य कारबाहीको पनि निन्दा गर्दै आएकी थिइन् । यसका लागि उनले चर्को आलोचना पनि बेहोर्नुपरेको थियो ।

उक्त घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?