Trending
>>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा >>   पुनहिलमा विद्युत् र खानेपानीको समस्या >>   रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो >>   आजदेखि नेपालको बिजुली बांङ्लादेश निर्यात सुरु >>   राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा बस्दै >>   हिमाल हेर्न कोखेडाँडा >>   रौतहट ईशनाथ–१ का वडाध्यक्ष साहको निधन
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

धुलिखेल नगरपालिकामा ‘ई-पेमेन्ट’ सेवा


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ‘ई-पेमेन्ट’मार्फत घरबाटै कर तिर्न सकिने व्यवस्था सुरु गरिएको छ ।

करदाताले आफ्नो व्यक्तिगत तथा भूमि (जग्गा), व्यवसाय, बहाल, सवारीसाधन आदि आफैँ प्रविष्ट गर्न मिल्ने तथा आफूले तिर्ने वा बुझाउनुपर्ने कर कनेक्ट आइपिएस, क्युआर कोड, मोबाइल वालेटलगायतका अनलाइन माध्यमबाट नगरमा बुझाउन मिल्ने व्यवस्था मिलाइएको हो ।

उक्त महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि सञ्चालित स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली एवं राजस्व सङ्कलन मोडल धुलिखेल नगरबाट सुरु गरेको थियो । नेपालका सात सय ५३ वटा पालिकामध्ये पहिलो पटक धुलिखेलमा उक्त सेवा सुरु भएको हो । केही महिनादेखि धुलिखेलबाट सुरु भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली ९सूत्र०अन्तर्गतको मोडल अहिले नेपालका पाँच सय ३३ स्थानीय तहमा सञ्चालित छ ।

त्यस्तै, धुलिखेल नगरबाट स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको नमूना कार्यक्रमअन्तर्गत करदाताले सहजरूपमा राजस्व तिर्नरबुझाउन एवं विवरण भर्न मिल्नेगरी उक्त मोडलसँग आबद्ध भएको स्थानीय तह राजस्व पोर्टलसमेत महालेखा नियन्त्रकको कार्यालयबाट विकास भई परीक्षण सम्पन्न भएको छ ।

उक्त राजस्व पोर्टलको युजर बनाइसकेपछि करदाताले आफ्नो व्यक्तिगतलगायत अनलाइन माध्यमबाट बुझाउन मिल्ने व्यवस्था गरिएको हो । महालेखा नियन्त्रक हरिप्रसाद मैनालीले एक कार्यक्रमबीच हालै धुलिखेल नगरका लागि पहिलो पटक ई-पेमेन्ट अनलाइन पोर्टलको शुभारम्भ गरेका थिए। यसपछि धुलिखेल नगरका नागरिकले घरमा बसेर आफ्नो राजश्वसम्बन्धी विवरण भर्दै अनलाइनमार्फत भुक्तानी गरिरहेका हुन् ।

‘नागरिकलाई घरदैलोमा नै सेवा दिने र प्रविधिमार्फत नगरको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले ई-पेमेन्ट अनलाइन पोर्टल तथा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुरु गरिएको छ, यसबाट नागरिकले थप सेवाको अनुभूत गर्ने अपेक्षा गरेका छौँ’, नगरप्रमुख अशोक ब्याञ्जूले भने । यसका लागि नगरले थप सेवा प्रभावकारी बनाउन आफ्ना वडासचिव र राजस्व शाखाका कर्मचारीलाई तालिममा पठाएको छ ।

सो तालिमपछि नगरका सबै वडामा उक्त सेवा प्रारम्भ हुने जनाइएको छ । उक्त नगरका लेखा अधिकृत धनबहादुर बस्नेतले उक्त सेवा नेपालका सात सय ५३ वटा स्थानीय तहमध्ये धुलिखेल पहिलो भएकाले महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि सञ्चालित स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली एवं राजस्व सङ्कलन मोडलबाट नागरिकलाई सेवामा सहजता थपिएको बताएका छन् ।

उनका अनुसार सरकारले आफ्नै सफ्टवेयर निर्माण गरी सेवा प्रारम्भ गरेको यो पहिलो हो । यसअघि निजी क्षेत्रबाट निर्मित सफ्टवेयरबाट सरकारले राजस्व सङ्कलनसम्बन्धी काम गर्दै आएको थियो ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?