Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाट दिँदै त्रिवि


काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायत सेवा अनलाइनबाट दिने भएको छ।

त्रिविको मंगलबार केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। त्रिविले जारी गरेको सूचना अनुसार त्रिविबाट त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने सेवाहरू अनलाइनबाट दिइने छ।

‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने सेवाहरू (ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि,करेक्सन) अनलाइन माध्यमबाट इ पेमेन्टको सुविधासहित यही मिति २०८० माघ १५ गते सोमबारदेखि सञ्चालन गर्ने निर्णय भएकोले सो को कार्यान्वयन विधिसहित विस्तृत जानकारी त्रिवि पनिका बल्खुले आफ्नो वेबसाइटमा माघ १० गतेका दिन प्रविष्ट गरिने ब्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख छ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?