Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पुगे झण्डै डेढ लाख पर्यटक


काठमाडौं। ६ महिनामा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या करिब डेढ लाख जना पुगेको छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ । चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य मानिन्छ ।

त्यसैगरी, ६ महिनामा साढे १७ करोड रुपैयाँ हाराहारी आम्दानी गर्दा पर्यटनबाटमात्रै १४ करोड भन्दा धेरै राजश्व संकलन गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । चितवन निकुञ्ज दुर्लभ वन्यजीव एकसिंगे गैँडा, पाटे बाघ, घडियाल गोहीलगायत मुख्य बासस्थल हो । यस्ता जीव जनावर, पन्छी, जलचर, वनस्पति हेर्न र निकुञ्ज आडका आदिवासी थारु, बोटे, कुमाल समुदायका संस्कार, संस्कृति नाँचगानमा रुचि भएका स्वदेशीविदेशी पर्यटक चितवन निकुञ्ज घुम्न आउँछन् ।

चालु आर्थिक वर्षको पुससम्म कुल एक लाख ४८ हजार ३९१ जना पर्यटकले चितवन निकुञ्ज घुमेका छन् । उक्त निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज घुम्नेमध्ये ९० हजार ११४ नेपाली र ४३ हजार ४२५ विदेशीले रहेको बताएका छन् । यो अवधिमा सार्क राष्ट्रका १४ हजार ८२२ जनाले निकुञ्ज घुमेका छन् भने उनीहरू अधिकांश भारतीय हुन् ।

सो निकुञ्जले यो अवधिमा १७ करोड ४८ लाख ७० हजार १६१ रुपैयाँ राजश्व आम्दानी गरेको छ । जसमध्ये पर्यटनबाट मात्रै १४ करोड ४७ लाख ८१ हजार ३०० रुपैयाँ आम्दानी गरेको छ भने निकुञ्जले स्वदेशी, सार्क देश र विदेशी पर्यटकको फरक फरक दरमा प्रवेश शुल्क लिने गर्छ । डुङ्गा सफारी, जिप सफारी र हात्ती सफारीको पनि थप बेग्लै शुल्क लाग्छ ।

त्यस्तै, हात्ती सफारी निकुञ्जभित्र हुँदैन । निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा हुने गरेको छ । जिप सफारी निकुञ्ज भित्र र मध्यवर्ती वन दुवैमा हुने गरेको छ । जिप सफारीबाट मात्रै यो अवधिमा निकुञ्जले दुई करोड ९५ लाख ८७ हजार सात सय रुपैयाँ राजश्व आम्दानी गरेको छ । गत वर्ष तीन लाख हाराहारीमा पर्यटक निकुञ्ज घुम्न आएका थिए ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?