Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पुगे झण्डै डेढ लाख पर्यटक


काठमाडौं। ६ महिनामा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या करिब डेढ लाख जना पुगेको छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ । चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य मानिन्छ ।

त्यसैगरी, ६ महिनामा साढे १७ करोड रुपैयाँ हाराहारी आम्दानी गर्दा पर्यटनबाटमात्रै १४ करोड भन्दा धेरै राजश्व संकलन गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । चितवन निकुञ्ज दुर्लभ वन्यजीव एकसिंगे गैँडा, पाटे बाघ, घडियाल गोहीलगायत मुख्य बासस्थल हो । यस्ता जीव जनावर, पन्छी, जलचर, वनस्पति हेर्न र निकुञ्ज आडका आदिवासी थारु, बोटे, कुमाल समुदायका संस्कार, संस्कृति नाँचगानमा रुचि भएका स्वदेशीविदेशी पर्यटक चितवन निकुञ्ज घुम्न आउँछन् ।

चालु आर्थिक वर्षको पुससम्म कुल एक लाख ४८ हजार ३९१ जना पर्यटकले चितवन निकुञ्ज घुमेका छन् । उक्त निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज घुम्नेमध्ये ९० हजार ११४ नेपाली र ४३ हजार ४२५ विदेशीले रहेको बताएका छन् । यो अवधिमा सार्क राष्ट्रका १४ हजार ८२२ जनाले निकुञ्ज घुमेका छन् भने उनीहरू अधिकांश भारतीय हुन् ।

सो निकुञ्जले यो अवधिमा १७ करोड ४८ लाख ७० हजार १६१ रुपैयाँ राजश्व आम्दानी गरेको छ । जसमध्ये पर्यटनबाट मात्रै १४ करोड ४७ लाख ८१ हजार ३०० रुपैयाँ आम्दानी गरेको छ भने निकुञ्जले स्वदेशी, सार्क देश र विदेशी पर्यटकको फरक फरक दरमा प्रवेश शुल्क लिने गर्छ । डुङ्गा सफारी, जिप सफारी र हात्ती सफारीको पनि थप बेग्लै शुल्क लाग्छ ।

त्यस्तै, हात्ती सफारी निकुञ्जभित्र हुँदैन । निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा हुने गरेको छ । जिप सफारी निकुञ्ज भित्र र मध्यवर्ती वन दुवैमा हुने गरेको छ । जिप सफारीबाट मात्रै यो अवधिमा निकुञ्जले दुई करोड ९५ लाख ८७ हजार सात सय रुपैयाँ राजश्व आम्दानी गरेको छ । गत वर्ष तीन लाख हाराहारीमा पर्यटक निकुञ्ज घुम्न आएका थिए ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?