Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते


काठमाडौं। बिर्तामोड नगरपालिकाको वडा नम्बर-सातमा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

उनको उपचारको लागि विएण्सी मेडिकल कलेज पठाइएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको सो वडाका वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिएका छन् । वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग क्षतबिक्षत् अवस्थामा रहेको छ । विस्फोटबाट उनको खुट्टा चुँडिएर झरेको छ । उनको नाम भने खुलेको छैन ।

सो स्कुलले आज आयोजना गरेका खेलकुद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएको हाइड्रोजन ग्यास भरिएको सो सिलिन्डर विस्फोट हुँदा अन्दाजी ५० वर्षका भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?