Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

भूगोल पार्कमा भूकम्प स्मृति सभा (फाेटाे फिचर)


काठमाडौँ । नयाँ सडकस्थित भूगोल पार्कमा २६ औ भूकम्प स्मृति सभा सम्पन्न गरिएको छ । महानगरपालिकाले आयोजना गरेको सभामा भूकम्पीय कम्पनका कारण भौतिक संरचना भत्किएर ज्यान गुमाएका व्यक्तिहरुको स्मृति गरिएको थियो ।

१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पुर्‍याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जोडिएको छ । विगतका बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।

आजको कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले, स्वयमसेवालाई राष्ट्रिय प्रणालीमा आवद्ध गरेर विपदजन्य जोखिम व्यवस्थापन गर्ने योजना गरिएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाले विपद पूर्वतयारी, विपदका समयमा गरिने खोज तथा उद्धार, विपदपछिको पुननिर्माणमा गरेको काम अन्य पालिकाहरुका लागि पनि सिकाइ रहेको छ ।’ उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘जाजरकोट भूकम्पमा काठमाडौँ महानगरपालिकाले गरेको सहयोग उदाहरणीय छ ।’उहाँले, काठमाडौँका सामुदायिक विद्यालय र सडक पुल निर्माणका लागि अन्तरसरकार समन्वयबाट काम गर्नुपर्ने बताउनुभयो ।

‘भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सिपको प्रयोग हुन सक्छ । हामीले ठूला भूकम्पको कम्पन थेगेका सम्पदा क्षेत्रका संरचनाको परम्परागत निर्माण प्रविधिको अध्ययन र प्रबर्धन गर्न सक्छौँ ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘विद्यालय, अस्पतालजस्ता सामुदायिक क्रियाकलाप सञ्चालन हुने संरचनाहरुको सवलीकरण, खुला ठाउँको संरक्षण, विपद सिर्जित संकटबाट बच्न समुदाय स्तरीय संयन्त्रमा महानगरपालिकाले ध्यान दिएको छ ।’ त्यस क्रममा विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, विपदजन्य जोखिम कम भूगोल र सामाजिक परिवेशअनुसारको संयन्त्र निर्माणमा काम गरिरहेको बताउनुभयो ।

विगतका भूकम्पले मानव समाज, भौतिक संरचना र सम्पत्ति तथा वातावरणीय सन्तुलनमा पु¥याएको प्रतिकुल असरको लेखाजोखा गरेर विपदका समयमा सकेसम्म सुरक्षित बनाउन, जुझारु उत्थानशील सहरका रुपमा रुपान्तरण गर्न संकल्प चाहिएको छ । कार्यक्रममा विपद व्यवस्थापन विभागका प्रमुख गंगाधर गौत्तमले धारणा राख्नुभयो ।काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन ऐन जारी गरिसकेको छ । यसले पूर्वतयारी, प्रतिकार्य र पुनःलाभका लागि काम गर्ने दिशा निर्देश गरेको छ ।

‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने नारासहित यो बर्षका कार्यक्रम मनाइँदैछन् । २०७९ सालमा ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ २०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’, ०७७ सालमा ‘बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित दिवसका कार्यक्रम मनाइएका थिए ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?