Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

माइक्रोसफ्ट बन्यो संसारकै सबैभन्दा मूल्यवान कम्पनी


विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी एप्पललाई झट्का लागेको छ। दोस्रो ठूलो कम्पनी माइक्रोसफट्ले अग्रता हासिल गरेको छ । माइक्रोसफ्टले एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा पहिलो स्थान कब्जा गर्न सफल भएको हो ।

उक्त एप्पल कम्पनीको शेयर मूल्यमा ०.९ प्रतिशतले गिरावट आएर बजार मूल्य  २.८७१ ट्रिलियन डलर कायम भएको छ भने एप्पलको तुलनामा ०.३ प्रतिशतले अग्रता हासिल गर्दै माइक्रोसफ्ट सन् २०२१ पहिलोपटक विश्वको सबैभनदा मूल्यवान कम्पनी बनेको हो । पछिल्लो रिपोर्ट अनुसार माइक्रोसफ्टको शेयर मूलयमा १.६ प्रतिशत वृद्धि भएसँगै बिहीबार कम्पनीको कुल बजार मूल्य २.८७५ ट्रिलियन डलर पुगेको हो ।

त्यस्तै, विज्ञका अनुसार यो वर्ष सन् २०२४ मा आइफोनको खराब सुरुवात सँगै एप्पलको पहिलो स्थान खस्किएको हो । आइफोनको मागमा सन्तोषजनक वृद्धि नभएसँगै एप्पलको शेयर मूल्यमा पनि गिरावट आएको छ । जनवरी महिनामा हालसम्म एप्पलको शेयरमा ३।३ प्रतिशतले गिरावट आएको छ भने माइक्रोसफ्टको शेयर मूल्य १.८ प्रतिशतले वृद्धि भएको छ ।

विश्वको सर्वाधिक मूल्यवान कम्पनीको ताज जोगाइराख्नु माइक्रोसफ्टका लागि सहज भने हुनेछैन । किनकि एप्पलसँग उसको अग्रता निकै कम मात्र छ र आफ्नो पुनरागमनका लागि एप्पलले ठूलो मिहिनेत गर्नेछ । ओपन एआई कम्पनीसँगको सहकार्यमा गत वर्ष सन् २०२३ मा आक्रामक रुपमा एआई प्रविधियुक्त टुल्स च्याट जिपिटी ल्याएसँगै माइक्रोसफ्टको शेयर मूल्यमा वृद्धि भई एप्पललाई पछि पार्न सफल भएको हो ।

सन् २०१८ देखि लगातार सर्वाधिक मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले यसबीचमा कोभिडका कारण आइफोनको आपूर्ति श्रृंखलामा असर पर्दा सन् २०२१ मा मात्रै उक्त स्थान गुमाएको थियो ।

 


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?