Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

माइक्रोसफ्ट बन्यो संसारकै सबैभन्दा मूल्यवान कम्पनी


विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी एप्पललाई झट्का लागेको छ। दोस्रो ठूलो कम्पनी माइक्रोसफट्ले अग्रता हासिल गरेको छ । माइक्रोसफ्टले एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा पहिलो स्थान कब्जा गर्न सफल भएको हो ।

उक्त एप्पल कम्पनीको शेयर मूल्यमा ०.९ प्रतिशतले गिरावट आएर बजार मूल्य  २.८७१ ट्रिलियन डलर कायम भएको छ भने एप्पलको तुलनामा ०.३ प्रतिशतले अग्रता हासिल गर्दै माइक्रोसफ्ट सन् २०२१ पहिलोपटक विश्वको सबैभनदा मूल्यवान कम्पनी बनेको हो । पछिल्लो रिपोर्ट अनुसार माइक्रोसफ्टको शेयर मूलयमा १.६ प्रतिशत वृद्धि भएसँगै बिहीबार कम्पनीको कुल बजार मूल्य २.८७५ ट्रिलियन डलर पुगेको हो ।

त्यस्तै, विज्ञका अनुसार यो वर्ष सन् २०२४ मा आइफोनको खराब सुरुवात सँगै एप्पलको पहिलो स्थान खस्किएको हो । आइफोनको मागमा सन्तोषजनक वृद्धि नभएसँगै एप्पलको शेयर मूल्यमा पनि गिरावट आएको छ । जनवरी महिनामा हालसम्म एप्पलको शेयरमा ३।३ प्रतिशतले गिरावट आएको छ भने माइक्रोसफ्टको शेयर मूल्य १.८ प्रतिशतले वृद्धि भएको छ ।

विश्वको सर्वाधिक मूल्यवान कम्पनीको ताज जोगाइराख्नु माइक्रोसफ्टका लागि सहज भने हुनेछैन । किनकि एप्पलसँग उसको अग्रता निकै कम मात्र छ र आफ्नो पुनरागमनका लागि एप्पलले ठूलो मिहिनेत गर्नेछ । ओपन एआई कम्पनीसँगको सहकार्यमा गत वर्ष सन् २०२३ मा आक्रामक रुपमा एआई प्रविधियुक्त टुल्स च्याट जिपिटी ल्याएसँगै माइक्रोसफ्टको शेयर मूल्यमा वृद्धि भई एप्पललाई पछि पार्न सफल भएको हो ।

सन् २०१८ देखि लगातार सर्वाधिक मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले यसबीचमा कोभिडका कारण आइफोनको आपूर्ति श्रृंखलामा असर पर्दा सन् २०२१ मा मात्रै उक्त स्थान गुमाएको थियो ।

 


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?