Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मधेस प्रदेशमा आज तिलासक्रायत पर्वको उमङ्ग


महोत्तरी। मधेस प्रदेशमा आज तिलासक्रायत पर्वको उमङ्ग छ । त्यस्तै, माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा घरघरै ‘लाई’ ढतील, चिउरा, मुरी र जुनेलाका सख्खरको खुँदोमा मिलाएर बनाइएका लड्डु) खाने, ख्वाउने परम्परा छ ।

मिथिला क्षेत्रमा मकर सक्रायत पनि भनिने यो पर्वमा ‘मकर स्नान’ को धार्मिक महत्व छ । हिन्दू परम्पराका मैथिल (मिथिलाका बासिन्दा) यो पर्वमा बिहानै धार्मिक महत्वका नदी, तलाउमा नुहाएर अब जाडो हराउने कामना गर्छन् भने माघ लागेपछि हुस्सु, तुवाँलो हटेर घाम लाग्न थाल्छ । नयाँ परिकार खाने ख्वाउने चलनले यो पर्व उल्लासमय छ ।

उक्त पर्वमा घरघरै चिउरा, दही, सख्खर र विभिन्न प्रकारका लाई खाने, खुवाउने परम्पराले यो पर्व आपसी भेटघाट र रुमाइलोको अवसर मानिन्छ । पर्वमा मासको दाल, अरवा चामल र घ्यूमा पकाइएको खिचडी खास परिकार मानिन्छ भने सो पर्वका लागि बनाइएका परिकार बिहान मकर स्नानपछि ब्राह्मण, पुरोहितलाई दान गरेपछि ग्रह, दशा हट्ने र राम्रा दिन सुरु हुने विश्वास रहिआएको छ ।

त्यस्तै, माघे सङ्क्रान्तिका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र यसै दिन उत्तरायण सुरु हुन्छ । माघ सङ्क्रान्तिदेखि असार मसान्तसम्म रहने उत्तरायण अवधिमा दिन लामा र रात छोटा हुने गर्छन् । मिथिलामा बसोबास गर्ने आदिवासी थारु समुदायको तिलासक्रायत मुख्य पर्व हो । पश्चिमका थारु समुदायको सिको गर्दै यहाँ पनि यस पर्वलाई ‘माघी’ भन्न थालिएको छ । यसै दिन थारुको नयाँ वर्ष प्रारम्भ हुन्छ । थारु समुदायको मुख्य पर्व हुँदा यसको विशेष तयारी हुने गर्छ । थारु परम्परामा मासुका विभिन्न परिकार खाने खुवाउने चलन रहेको छ ।

त्यसैगरी पर्वते मूलका मगर पनि माघेसङ्क्रान्तिलाई मुख्य पर्वका रुपमा मनाउँछन् भने मिथिलामा तिलासक्रायत पर्वको सनेस (कोसेली) छोरीचेली, मितमितिनी र इष्टमित्रकहाँ पुर्‍याउने पर्व मनाएसँगै केही दिन यो क्रम चल्छ । सख्खर, तील, घ्यूजस्ता परिकार खाने चलन रहेको छ ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?