Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

गोरखाले किसानलाई फलफूलको बेर्नामा अनुदान


गोरखा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ ।

उक्त परियोजनाअन्तर्गत किसानलाई रु १७ लाख ८० हजार रकम उपलब्ध गराइएको हो । त्यसैगरी, फलफूलको उत्पादन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यसहित परियोजनाले फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गानाले जानकारी दिए ।

‘किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै उत्पादन बढाउने परियोजनाको उद्देश्य छ’, उनले भने, ‘सोहीअनुरूप व्यावसायिक रूपमा सुन्तला जातका फलफूलको खेती गर्ने किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो ।’

सो परियोजनामार्फत कार्यालयबाट गत आर्थिक वर्षमा कूल २४ हजार एक सय १६ फलफूलका बेर्ना खरिद गरेर वितरण गरेको प्रमुख ढुङ्गानाले बताए । परियोजनाले कृषक समूह, सहकारी, कृषि उद्यमीलाई माग आधारमा मात्र नभई जमिनको क्षमता र आवश्यकताको पहिचान गरी ५० प्रतिशत अनुदानमा फलफूलका बेर्ना वितरण गर्दै आएको छ भनेकार्यालयले बेर्नामा अनुदान उपलब्ध गराएसँगै गत आवमा जिल्लामा थप ८० हेक्टर जमिनमा सुन्तला खेती गर्ने क्षेत्रफलमा वृद्धि भएको छ ।

परियोजनाले चक्लाबन्दी खेती, नमूना बगैँचा स्थापना तथा क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो । परियोजनाअन्तर्गत गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका तथा पालुङटार नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यस्तै परियोजनाअन्तर्गत नै तनहुँको भानु नगरपालिका-११ र बन्दीपुर गाउँपालिका-६ मा पनि उक्त कार्यक्रम सञ्चालन गरिएको छ ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?