Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

१ लाख १९ हजार करदाताले बुझाए महानगरमा कर


काठमाडाैं । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका, १ लाख १९ हजार ४५९ जना करदाताले कर तिर्नुभएको छ । यसरी तिरिएको करबाट २ अर्व ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ ।

यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता हुनुहुन्छ । यस बर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६४० हो ।

गएको आर्थिक बर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ ।  राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गर्नुभएको हो ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?