Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बनेपा नगरपालिकाकाे प्राथमिकतामा कृषि उत्पादन र बजारीकरण


धुलिखेल। बनेपा नगरपालिकाले बजेट निर्माण गर्दा शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा प्राथमिकता दिएको छ ।उक्त नगर प्रमुख शान्तिरत्न शाक्यले आज बनेपा नगरपालिकाको १३औँ हिउँदे नगर अधिवेशन शुभारम्भका क्रममा सोबारे जानकारी दिँदै शिक्षाबिना कुनैपनि कुराको विकास असम्भव भएकाले शिक्षालाई बजेटमा पहिलो प्राथमिकता दिएको बताए ।

सङ्घीयतापछि नगरको चौँथो हिउँदे अधिवेशन भएको र यो बजेट अधिवेशन नभए पनि आवश्यकताको आधारमा नगरको नीति, नियम र कार्यविधि निर्माण गर्नु परेकाले केही कार्यविधिमाथि छलफल गरी अनुमोदन गराउनुपरेको उनले जानकारी गराए । शिक्षामा गुणस्तर बढाउन सामुदायिक विद्यायमध्ये चार वटालाई गत वर्ष नै नमुना विद्यालय बनाउन बजेट उपलब्ध गराइएको र यस वर्ष थप चार वटा विद्यालयलाई बजेट उपलब्ध गराउने तयारीमा रहेको समेत नगरप्रमुख शाक्यले बताएका छन् ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा शिर मेमोरियल अस्पताल, रेयुकाई आँखा अस्पताल, अपाङ्ग बालअस्पताललगायत अस्पतालसँग समन्वय गरी नगरवासीकोे स्वास्थ्यमा सुधार ल्याउन सहकार्य गरिरहेको र नगरको आधारभूत अस्पताललाईसमेत थप व्यवस्थित बनाउँदै लागिएको उनको भनाइ रहेको थियो ।

कृषि क्षेत्रको विकासका लागि वडा नंं १, २ ३, ४, ११, १२, १३ र १४ नम्बर वडा कृषिको बढी उब्जाउ हुने क्षेत्र रहेकाले त्यहाँ कृषि उत्पादन र बजारीकरणका लागि सहयोग गर्दै आइएको र सङ्घीय सरकारबाट प्राप्त रु दुई करोडबाट वडा नं ८ मा बहुउपयोगी चिस्यान केन्द्र निर्माण गर्न लागिएको नगर प्रमुख शाक्यले बताए ।

काभ्रे एकीकृत खानेपानीको योजनासमेत पुरानै आयोजनामा गाभेर वितरण गर्दै आइएको र बनेपा नगरपालिकाभित्र खानेपानीका लागि भएको स्रोतलाई व्यवस्थापन गर्दै अन्य ठाउँमा डिपबोरिङको योजना बनाइएको उल्लेख गर्दै उनले नगरभित्रका सांस्कृतिक धरोहरको संरक्षण र सम्वद्र्धन गर्ने काममा समेत सहयोग प्रदान गर्दै गरिएको छ भने ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?