Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

शिक्षकदेखि मन्त्रीसम्मका छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था गराैँ : नेविसंघ अध्यक्ष शेर्पा


काठमाडौं। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शिक्षा विधेयकमा नै शिक्षकदेखि मन्त्रीसम्मका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था ल्याउन जरुरी रहेको बताएका छन् । आइतबार शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा आफ्ना कुराहरू राख्दै नेविसंघका अध्यक्ष शेर्पाले विधेयकमा नै यस्तो व्यवस्था ल्याउन जरुरी रहेको बताएका हुन् । अध्यक्ष शेर्पाले सरकारले अस्थायी र करार शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने गरी सम्झौताले शिक्षकहरूको गुणस्तरमाथि प्रश्न उठ्ने बताएका छन् ।

शेर्पाले भने, ‘शिक्षा पेसाप्रति घट्दै गएको आकर्षण लाई कसरी बढाउने त्यसमा ध्यान दिनुपर्छ । विधेयकबाटै शिक्षक कर्मचारी, जनप्रतिनिधि, नगरप्रमुख, माननीय सांसददेखि मन्त्रीसम्मका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्नुपर्छ । राज्यको तलब सुविधा लिएकाले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउन अनिवार्य गर्न भोलिको दिनमा हुने बढुवा अथवा अन्य क्षेत्रका सेवामा कटौती गर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।’ अनिवार्य रूपमा आईटीलाई पनि जोड दिनुपर्ने उल्लेख गर्दै बालबालिकालाई ठूलो झोला बोकाएर विद्यालय पठाउने परिपाटी रूपान्तरण गर्नु जरुरी रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?