Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

शिक्षकदेखि मन्त्रीसम्मका छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था गराैँ : नेविसंघ अध्यक्ष शेर्पा


काठमाडौं। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शिक्षा विधेयकमा नै शिक्षकदेखि मन्त्रीसम्मका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था ल्याउन जरुरी रहेको बताएका छन् । आइतबार शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा आफ्ना कुराहरू राख्दै नेविसंघका अध्यक्ष शेर्पाले विधेयकमा नै यस्तो व्यवस्था ल्याउन जरुरी रहेको बताएका हुन् । अध्यक्ष शेर्पाले सरकारले अस्थायी र करार शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने गरी सम्झौताले शिक्षकहरूको गुणस्तरमाथि प्रश्न उठ्ने बताएका छन् ।

शेर्पाले भने, ‘शिक्षा पेसाप्रति घट्दै गएको आकर्षण लाई कसरी बढाउने त्यसमा ध्यान दिनुपर्छ । विधेयकबाटै शिक्षक कर्मचारी, जनप्रतिनिधि, नगरप्रमुख, माननीय सांसददेखि मन्त्रीसम्मका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्नुपर्छ । राज्यको तलब सुविधा लिएकाले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउन अनिवार्य गर्न भोलिको दिनमा हुने बढुवा अथवा अन्य क्षेत्रका सेवामा कटौती गर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।’ अनिवार्य रूपमा आईटीलाई पनि जोड दिनुपर्ने उल्लेख गर्दै बालबालिकालाई ठूलो झोला बोकाएर विद्यालय पठाउने परिपाटी रूपान्तरण गर्नु जरुरी रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?