Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

अमेरिकामा आँधीका कारण दुई हजारभन्दा बढी उडान रद्द, दुई हजार ४०० भन्दा बढी उडानमा ढिलाई


एएनआई, सिकागो। अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले शुक्रबार जनाएको छ । विमानस्थल प्रशासनले दिएको विवरण अनुसार आँधीका कारण अहिलेसम्म दुई हजार भन्दा बढी उडानहरू रद्द भएका छन् भने दुई हजारभन्दा बढी उडान ढिलो भएका छन् ।

सिकागोको ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ प्रतिशत आगमन र करिब ४० प्रतिशत प्रस्थान रद्द भएका छन् भने शिकागो मिडवे अन्तर्राष्ट्रिय विमानस्थलमा ६० प्रतिशत आवागमन रद्द गरिएको छ । त्यस्तै, डेनभर इन्टरनेसनल र मिल्वौकी मिचेल इन्टरनेसनल पनि प्रभावित भएका छन् । सीएनएनका अनुसार ७३७ म्याक्स ९ विमान ग्राउन्डेड भएका कारण रद्द हुनुले पनि यो सङ्ख्यामा वृद्धि भएको हुनसक्छ ।

सङ्घी उड्डयन प्रशासन (एफए) ले अनिवार्य गरेको ग्राउन्डिङका कारण यस साता युनाइटेड र अलास्का एयरलाइन्सका २०० भन्दा बढी उडान रद्द भएका छन् । एफएए र बोइङले अझै पनि निरीक्षण प्रोटोकलमा सम्झौता गर्ने प्रयास गरिरहेका छन् जसले ती विमानहरूलाई उडान सुरु गर्न अनुमति दिन्छ । यसबाहेक अमेरिकाका अन्य क्षेत्रमा हुने हवाइ आवागमनमा पनि आँधीको प्रभाव देखिएको छ ।

अधिकांश उडान रद्द हुनुलाई अत्यधिक जाडो र आँधीको कारण भएको बताइएको छ ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?