Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ


एजेन्सी। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन् ।

अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएका हुन् ।

कोभिड–सम्बन्धित मृत्युमा ठूलो कमी आएको भएता पनि ५० देशबाट अझै पनि प्रति महिना करिब दश हजारको मृत्यु हुने गरेको रिपोर्ट गरिएको छ ।

भ्यान केरखोभले भाइरसको विकसित प्रकृतिको बारेमा चिन्ता व्यक्त गर्दै कोभिड–१९ को पछिल्लो संस्करणले विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्लेषण गरिएको विश्वव्यापी अनुक्रमहरूको लगभग ५७ प्रतिशत प्रतिनिधित्व गर्ने बताएका हुन् ।

विशेष मापदण्डद्वारा परिभाषित, गम्भीर थकान, फोक्सोको कमजोरी, न्यूरोलोजिक समस्याहरू, र रोगको तीव्र चरणपछि चार देखि १२ महिना वा सोभन्दा लामो समयसम्म रहिरहने हृदयघातजस्ता लक्षणसहित, कोभिडपछिको अवस्था चिन्ताको विषय भएको बताए।

डिसेम्बर २०२३ को अन्त्यसम्ममा ७० लाखभन्दा बढी कोभिड–१९ सङ्क्रमण पछि मृत्यु भएको विश्व स्वास्थ्य सङगठनले जनाएको छ ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?