Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन


गण्डकी। पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारदेखि ‘१२ दुर्वासा’ नाटक मञ्चन सुरु भएको छ ।
अमेरिकी नाटककार रेग्नाल्ड रोजद्वारा लिखित उक्त नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका हुन् । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार पारिएको नाटकमा उनसहित १३ कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै, नाटकमा नाट्यकर्मी रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुसाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सा विश्कर्मा र रोहित पौडेल रहेका छन् । प्रिमियर शो हेर्न पुगेका दर्शकले उक्त  नाटक मन परेको भन्दै नाटक समूहको कामको प्रशंसा गरेका थिए ।
आगामी माघ १३ गतेसम्म मञ्चन हुने उक्त नाटकले वर्गीय, जातिय, क्षेत्रीय तथा लैङ्गिक समाजको चित्रण गर्ने भएकाले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।
‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटक छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रित रहेको छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनाबीच छलफल गरी निर्णय गर्न लगाइन्छ ।
उनीहरुको विचारमा देखिने विविधता र सङ्र्घष नै नाटकको विषयवस्तु हो ।

प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?