Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नागरिक उन्मुक्ति पार्टी अध्यक्षका लागि रेशम चौधरीले दिए उम्मेदवारी


काठमाडौं। नागरिक उन्मुक्ति पार्टीको भावी अध्यक्षका लागि अहिलेसम्म रेशम चौधरीको एकल उम्मेदवारी परेको छ । उनी पार्टीका संरक्षक हुन् । नाउपाको वर्तमान अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन् ।

अहिले पनि उम्मेदवारी दर्ता जारी छ । स्रोतकाअनुसार अहिलेसम्म अध्यक्षमा एकल उम्मेदवारी दर्ता भएको छ भने त्यसबाहेक अन्यमा उम्मेदवार बढी भएपछि निर्वाचनको सम्भावना बढेको छ ।

महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ । गङ्गा प्रतिनिधि सभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन् । सिंह बडियाताल गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार हुन् ।

यस अघि महासचिव रहेका रतन थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताइएको छ ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?