Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित


विराटनगर। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक एवं कर्मचारीहरू फेरि आन्दोलनमा उत्रिएका छन् ।

बढुवा प्रक्रियाका लागि हुनुपर्ने अन्तर्वार्तामा विलम्ब भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उक्त आन्दोलनरत कर्मचारी र शिक्षकहरूले बिहीबार आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै र्‍याली आयोजना गरेका थिए । माग पूरा गर्न गम्भीर नभएको भन्दै कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई प्रतिष्ठानका निश्चित ठाउँमा आउजाउ गर्न निषेध गर्दै उनीहरूले ‘निषेधित क्षेत्र’ समेत तोकेका छन् ।

त्यस्तै, गत कात्तिक २० गतेको सहमतिअनुसार बढुवा प्रक्रियाका लागि अन्तर्वार्ता लिन ढिलाइ भएपछि उनीहरू आन्दोलित बनेका हुन् । कर्मचारी कल्याण समाजका अध्यक्ष डा. सेराज खानका अनुसार सहमतिअनुसार अन्तर्वार्ताको प्रक्रिया नगरिएपछि आन्दोलन गर्नुपरेको हो । आइतबारसम्म पनि आफूहरूको माग पूरा गरी समस्याको समाधान नगरिए अझ सशक्त आन्दोलन गर्ने प्रतिष्ठानका कर्मचारी तथा शिक्षकहरूले चेतावनी दिएका छन् ।

यसअघि पनि कर्मचारी र शिक्षकहरूले माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलन गरेका थिए भने लामो समयसम्म आन्दोलन गरेपछि सहमति भएको थियो । गत कात्तिक २० गते आन्दोलनरत शिक्षक र कर्मचारीसँग प्रतिष्ठान प्रशासनको छुट्टाछुट्टै ४ बुँदे सहमति भएको थियो ।

उक्त सहमति अनुसार विधि, प्रक्रिया पुरा गरेर पुस १ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता गरिने भनिए पनि सहमतिअनुसार काम नभएको भन्दै असन्तुष्ट बनेका शिक्षक र कर्मचारीले फेरि आन्दोलन सुरु गरेका हुन् ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?