Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

खुल्ला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति गराउन नेविसंघकाे ‘क्यान्डल वाक’ (फाेटाे फिचर)


काठमाडाैं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति खुल्ला प्रतिष्पर्धाको लागी थप दबाब सिर्जना गर्न आज नेपाल विधार्थी संघ काठमाडौ जिल्ला समितीले क्यान्डल वाक आयोजना गरेको छ।

नेविसंघले प्रधानमन्त्रीलाई पत्र अभियान तथा अन्य आन्दोलनका मार्फत निरन्तर त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति योग्यता तथा विज्ञता का आधारमा खुल्ला प्रतिस्पर्धाका आधारमा हुनुपर्छ भनेर निरन्तर आन्दोलन गरेको थियो।

त्यसपस्चात शिक्षा मन्त्रालयले दर्खास्त हाल्न १५ दिनको समयसिमा दिदै सुचना आव्हान गरेको थियो। यस कदमलाई स्वागत गर्दै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप तथा दलियकरण को अन्त्यको लागि आशा जगाएको तर यो प्रक्रियाले सहि नतिजासम्म नपुग्न्जेल निरन्तर दवाब सिर्जना गर्ने नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाले जनाएका छन् ।

आशाको दीप बलेको छ, हामी सजग छौं, यसलाई निभ्न दिनेछैनौ भन्दै साझ ५ बजेबा आज कान्तिपुर सिटि कलेज पुतलीसडक बाट बसन्तपुर सम्म हातमा क्यान्डल (मैनवत्ती) लिएर हिड्ने कार्यक्रम भयको छ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?