Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

खुल्ला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति गराउन नेविसंघकाे ‘क्यान्डल वाक’ (फाेटाे फिचर)


काठमाडाैं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति खुल्ला प्रतिष्पर्धाको लागी थप दबाब सिर्जना गर्न आज नेपाल विधार्थी संघ काठमाडौ जिल्ला समितीले क्यान्डल वाक आयोजना गरेको छ।

नेविसंघले प्रधानमन्त्रीलाई पत्र अभियान तथा अन्य आन्दोलनका मार्फत निरन्तर त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति योग्यता तथा विज्ञता का आधारमा खुल्ला प्रतिस्पर्धाका आधारमा हुनुपर्छ भनेर निरन्तर आन्दोलन गरेको थियो।

त्यसपस्चात शिक्षा मन्त्रालयले दर्खास्त हाल्न १५ दिनको समयसिमा दिदै सुचना आव्हान गरेको थियो। यस कदमलाई स्वागत गर्दै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप तथा दलियकरण को अन्त्यको लागि आशा जगाएको तर यो प्रक्रियाले सहि नतिजासम्म नपुग्न्जेल निरन्तर दवाब सिर्जना गर्ने नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाले जनाएका छन् ।

आशाको दीप बलेको छ, हामी सजग छौं, यसलाई निभ्न दिनेछैनौ भन्दै साझ ५ बजेबा आज कान्तिपुर सिटि कलेज पुतलीसडक बाट बसन्तपुर सम्म हातमा क्यान्डल (मैनवत्ती) लिएर हिड्ने कार्यक्रम भयको छ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?