Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

माघ ११ देखि नाटक मासिन्या मञ्चन हुँदै


काठमाडौं। थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक मासिन्या मञ्चन हुने भएको छ । उक्त नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ भने नाटकको कथालाई राबत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन् ।

त्उस्तै, नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धिको भनाइ रहेको छ । उनका अनुसार तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको लय, सौन्दर्य, डम्फु संस्कृति र परिवेशलाई चित्रण गरिएको छ भने सो नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने नाटक समूहको विश्वास रहेको छ ।

अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा रिहर्सल जारी रहेको नाटकमा सुनिल तामाङ, रविन दोङ, रमिला मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?