Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल


भजनी,कैलाली। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् ।

कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उनले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन् ।

“आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा’ बाहिर आउन थालेका छन् । त्यसले सिङ्गो देशको पहिचानलाई सङ्कटमा पुर्याउन सक्छ”, पूर्वप्रधानमन्त्री नेपालले भने, “हामीले जात, धर्मको नाममा पहिचान खोज्नुभन्दा सिङ्गो देशको पहिचानलाई समेट्दै देशको समृद्धिका निम्ति लाग्नु अहिलेको आवश्यकता हो ।”

अध्यक्ष नेपालले गणतन्त्रका विरुद्धमा केही संयन्त्र लागेका बताउँदै देशको वर्तमान व्यवस्थालाई कसैले फेरबदल गर्न सक्दैन भने । “दलीय व्यवस्थाभन्दा निरङ्कुश एकदलीय व्यवस्था कदापि राम्रो हुन सक्दैन । विगतमा त्यहीँ व्यवस्था ढाल्नका लागि त्यत्रो आन्दोलन गर्नुपर्यो, बरु कुनै पार्टी ठीक नहोलान्, कुनै नेता ठीक नहोलान्, तर तिनको विकल्प अर्को पार्टी र अर्को नेता हुनसक्छ निरंकुश एकदलीय व्यवस्था हुन सक्दैन”, उनले भने ।

विगतमा अधिकारका लागि भएका अप्रिय घटनाले ठूलो क्षति पुर्याएको बताउँदै अध्ष्क्ष नेपालले आगामी दिनमा त्यस्ता घटना हुन नदिनेतर्फ सधैँ सचेत हुनुपर्ने समेत जोड दिएका छन् ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?