Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

शिक्षक दम्पतीद्वारा अक्षयकोष स्थापना


फिक्कल,इलाम। इलामको माई नगरपालिका–२ का सेवानिवृत्त शिक्षक दम्पतीले आफ्नो छोराको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।

सेवानिवृत्त शिक्षक घनेन्द्र कार्की र राधिका कार्कीले छोरा इन्जिनियर सुवर्णको स्मृतिमा स्थानीय कन्काई माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । उक्त विद्यालयको ६३औँ वार्षिकोत्सवका अवसरमा कार्की दम्पतीले कक्षा ८, १० र ११ का उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी ‘इन्जिनियर सुवर्ण कार्की स्मृति अक्षयकोष’ स्थापना गरेका प्रधानाध्यापक हरिप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै, कार्की दम्पतीले अक्षयकोषबापतको रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया आचार्य र प्रधानाध्यापक पौडेललाई हस्तान्तरण गरे ।उक्त चेक हस्तान्तरण गर्दै कार्कीले बर्सेनि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको बताए । उनको छोराले सोही विद्यालयान अध्ययन गरेका थिए ।

कार्की पनि सोही विद्यालयमा अध्यापन गरेर सेवानिवृत्त भएका हुन् । उनका छोरा सुवर्णको २०७६ सालमा ब्रेनट्युमर रोगबाट निधन भएको थियो ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?