Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न पाइने


काठमाडौं। लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा) ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिएका छन् ।

दाङ देउखुरीको मसुरियास्थित मन्त्रालयको कार्यकक्षमा मन्त्री थापाले सचिव उमेश ढुङ्गानासहित यातायात कार्यालयका प्रमुखहरूलाई बोलाएर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिएका हुन् ।

‘आफ्नो सवारी साधन हुँदाहुँदै शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियमको जनस्तरबाट व्यापक आलोचना भइरहेको छ, त्यसैले स्वेच्छाले सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छु,’ मन्त्री थापाले भने ।

चालक अनुमतिपत्र लिने क्रममा परीक्षार्थीले स्वेच्छाले सवारी साधन ट्रायलका क्रममा प्रयोग गर्न पाउनुपर्ने माग उठेका बेला मन्त्री थापाले सर्वसाधारणलाई सहज हुने गरेर सवारी चालक अनुमति पत्र दिने व्यवस्था मिलाउन र छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएको बताएका छन् ।

‘सचिव र यातायातका हाकिमहरुसहितका कर्मचारीहरूलाई के–के निर्णय गर्नुपर्छ, के–के तयारी गर्नुपर्छ गर्नुस् तर ट्रायल दिँदा सवारी साधनको प्रयोग स्वेच्छिक हुनुपर्छ र सेवाग्राहीलाई सहज हुने गरेर परिणाम देखिने गरी काम गर्नुपर्छ भनेको छु,’ थापाले भने ।

मन्त्री थापाले लुम्बिनी प्रदेशभित्र रहेका मापदण्ड नपुगेका ट्रायल सेन्टरहरूमा अनुगमन गरेर मापदण्डभित्र ल्याउन समेत निर्देशन दिएका छन् ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?