Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

नेकपा एसमा १७५ सदस्यीय केन्द्रीय समिति र ७० वर्षे उमेरहद नराख्ने प्रस्ताव


काठमाडौं। नेकपा एकीकृत समाजवादीमा १७५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव भएको छ । त्यस्तै, माघ १४ र १५ मा पार्टीको केन्द्रीय परिषद्को बैठकले विधान टुंग्याउनेगरी भइरहेको छलफलमा केन्द्रीय समिति घटाउने प्रस्ताव भएको हो ।

हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टीको जिल्ला तहबाट सुझाव लिएर विधानलाई पूर्णता दिने निर्णय गरेको थियो भने नेकपा एसका सचिव जीवनराम श्रेष्ठका अनुसार वैकल्पिकसहित १७५ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा एक तिहाइ महिला हुने उनले बताए ।

उनका अनुसार १९ सदस्यीय स्थायी कमिटी र ५७ सदस्यीय पोलिटब्युरो बनाउन प्रस्ताव आएको छ । नेकपा एसमा अहिले २४ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ भने त्यसो त उनले पार्टीभित्र बहसमा रहेको ७० वर्षे उमेरहद नराख्न सुझाव आएको समेत बताएका छन् ।

अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई आगामी महाधिवेशनमा नेतृत्वमा दोहोरिन नेकपा एसले उमेरहद नराख्ने तयारी गरेको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?