Trending
>>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा >>   नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल >>   अराजकता र अनियमितताहरु लाई सरकारले प्राथमिकता दिन सक्दैनः सांसद साउद >>   सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानविन समिति बनाउने सरकारको तयारी >>   तरलता अधिक भएपछि ३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
Logo
३ भाद्र २०८२, बुधबार
३ भाद्र २०८२, बुधबार

नेकपा एसमा १७५ सदस्यीय केन्द्रीय समिति र ७० वर्षे उमेरहद नराख्ने प्रस्ताव


काठमाडौं। नेकपा एकीकृत समाजवादीमा १७५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव भएको छ । त्यस्तै, माघ १४ र १५ मा पार्टीको केन्द्रीय परिषद्को बैठकले विधान टुंग्याउनेगरी भइरहेको छलफलमा केन्द्रीय समिति घटाउने प्रस्ताव भएको हो ।

हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टीको जिल्ला तहबाट सुझाव लिएर विधानलाई पूर्णता दिने निर्णय गरेको थियो भने नेकपा एसका सचिव जीवनराम श्रेष्ठका अनुसार वैकल्पिकसहित १७५ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा एक तिहाइ महिला हुने उनले बताए ।

उनका अनुसार १९ सदस्यीय स्थायी कमिटी र ५७ सदस्यीय पोलिटब्युरो बनाउन प्रस्ताव आएको छ । नेकपा एसमा अहिले २४ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ भने त्यसो त उनले पार्टीभित्र बहसमा रहेको ७० वर्षे उमेरहद नराख्न सुझाव आएको समेत बताएका छन् ।

अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई आगामी महाधिवेशनमा नेतृत्वमा दोहोरिन नेकपा एसले उमेरहद नराख्ने तयारी गरेको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?