Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन


काठमाडौं। वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ ।

स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ) का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो । उक्त अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले स्तनमा क्यान्सर रोग लाग्नुभन्दा पहिल्यै क्यान्सरका लक्षण पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिने जनाउँदै सरकारी अस्पतालमा पहिलो पटक अत्याधुनिक क्यान्सर स्क्रिनिङ उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार ४० वर्षभन्दा माथिका महिलाको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि उक्त उपकरण प्रयोग गरिन्छ । “क्यान्सरका लक्षण देखापर्नु अघिको अवस्थामा पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिन्छ । यो परीक्षणको एउटा विधि हो । क्यान्सर फैलनुअगावै थाहा पाउन सकियो भने प्रभावकारी उपचार गर्न सकिन्छ”, डा. पौडेलले भने ।

उनका अनुसार अहिले दैनिक तीन देखि चारजना महिलाको क्यान्सर स्क्रिनिङ गरिँदै आइएको छ भने स्तनमा क्यान्सरको समस्या देखिनु भन्दा पहिले नै लक्षण पहिचान गर्नका लागि यो विधि प्रयोग गरिने उनको भनाइ रहेको थियो । त्यस्तै, स्तन क्यान्सरको स्क्रिनिङ गर्नका लागि रू एक हजार पाँच सय शुल्क तोकिएको अस्पताल प्रशासनले जनाएको छ ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालका महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा रहेकाले समयमा नै स्क्रिनिङ गर्न आवश्यक रहेको बताए । उनका अनुसार महिलामा देखिने पहिलो क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । नेपालमा दैनिक तीन जना महिलाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको डा. शाहीले जानकारी दिए ।

समयमा नै स्तन क्यान्सर सम्बन्धिका रोग पत्ता लगाउन सके प्रभावकारी उपचारका माध्यमबाट बिरामीलाई बचाउन सकिने उनको भनाइ रहेको थियो । त्यस्तै, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. शाहीले स्तनपान नगराउने, विवाह नगरेका, सानै उमेरमा महिनावारी हुने, चाँडै महिनावारी सुक्ने, दिनमा सुत्ने तथा रातमा काम गर्ने वा जाग्राम बस्ने महिलालाई स्तन क्यान्सर हुने गरेको बताए ।

मोटोपन, धूमपान गर्ने, व्यायाम नगर्ने, वंशाणुगत गुण र कुनै क्यान्सर भएका महिलालाई रेडियसन दिँदा (सेक्दा) पनि पछि स्तन क्यान्सर हुने गरेको उनले जानकारी दिएका छन्।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?