Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

सेनाद्वारा ज्येष्ठ नागरिक तथा बालबालिकालाई कपडा वितरण


जानकी,बाँके। नेपाली सेनाद्वारा बाँकेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगरस्थित नीलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई राँझामा रहेको श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकका वाहिनीपति सहायक रथी प्रकाश थापा र श्री बज्रदल गणका गणपति रविन श्रेष्ठको नेतृत्वमा मङ्गलबार कपडा वितरण गरिएको हो ।

उक्त आश्रममा रहेका दुई सय २३ ज्येष्ठ नागरिक तथा बालबालिकालाई सेनाले लत्ताकपडा वितरण गर्नाका साथै एक छाक दिवा भोजन पनि गराएको नील सागर मानव सेवा आश्रमका अध्यक्ष सरिता खनालले जानकारी दिइन् । उनका अनुसार सेनाले अत्यावश्यकीय खाद्यान्नसमेत वितरण गरेको थियो । “यो जाडोमा सेनाले हाम्रो आश्रममा रहनुभएका आमाबुबा र बालबालिकालाई कपडा वितरण गर्नु भनेको हामीप्रति उहाँहरुको माया र सम्मान झल्किएको छ”, अध्यक्ष खनालले भनिन्, “कपडासँगै सेनाले खाद्यान्नसमेत वितरण गरेको हुँदा यसले हामीलाई धेरै नै राहत पुर्‍याएको छ ।”

सहायक रथी थापाले सेनाले राष्ट्रको सेवासँगै सामाजिक सेवामा पनि योगदान पु¥याउँछ भन्ने उद्देश्यले एकदिने दिवा भोज कार्यक्रम गरिएको बताए । उनले भने, “जसको कोही हुँदैन उसका साथमा नेपाली सेना सधैँ रहन्छ ।” आश्रममा रहेका साहाराविहीन ज्येष्ठ नागरिक र बालबालिकालाई एक्लो महसुस नगर्न उनले आग्रह समेत गरे।

उनले आफैँले नै ज्येष्ठ नागरिक र बालबालिकालाई भोजन खुवाउनाका साथै लत्ताकपडा वितरण गरेका थिए । नेपालगञ्जमा आठ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त आश्रममा हाल ६३ बालबालिका र एक सय ६० ज्येष्ठ नागरिक बस्दै आएका छन् ।

त्यस्तै, दाताको सहयोगमा चलिरहेको सो आश्रममा सडक बालबालिका तथा वृद्धालाई ल्याएर राखिने गरिन्छ ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?