Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

पानी परीक्षण प्रयोगशाला स्थापना


रामपुर,पाल्पा। स्थानीयलाई घर–घरमा शुद्ध पानी पुर्‍याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गरिने भएको छ ।

यहाँका विभिन्न मूल, मुहानमा रहेका पानीलाई खानयोग्य छ कि छैन प्रयोगशालामा परीक्षण गर्ने र उपचार विधि गर्नुपर्ने पानीलाई उपचार गरी सबैलाई शुद्ध पानी उपभोग गराउने गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताइन् । त्यस्तै, खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक र आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरिएको पालिकाले जनाएको छ ।

उक्त प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता थियो भने पालिकाभित्र नै प्रयोगशाला स्थापना भएपछि पानीको शुद्धताका लागि सहज हुने भएको छ । पालिकाको यो पहिलो पानी परीक्षण प्रयोगशाला हो । पानीका मुहान र मूल प्रशस्त रहे पनि सबै खानका लागि योग्य नहुने हुँदा परीक्षण गर्ने विधि भएपछि पानी शुद्ध छ या छैन सबै जानकारी लिन सजिलो हुने स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी बताउछन् ।

उक्त पानी परीक्षण नियमित नहुँदा सफा, शुद्ध, स्वच्छ छ या छैनभन्दा पनि दैनिक आवश्यकता परिपूर्तिका लागि पानी उपभोग गर्न स्थानीय बाध्य थिए । पानीका कारण विभिन्न रोग लाग्ने हुँदा सबैभन्दा पहिला खानेपानी उपभोगमा ध्यान दिनुपर्ने उनी बताउछन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?