Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

पानी परीक्षण प्रयोगशाला स्थापना


रामपुर,पाल्पा। स्थानीयलाई घर–घरमा शुद्ध पानी पुर्‍याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गरिने भएको छ ।

यहाँका विभिन्न मूल, मुहानमा रहेका पानीलाई खानयोग्य छ कि छैन प्रयोगशालामा परीक्षण गर्ने र उपचार विधि गर्नुपर्ने पानीलाई उपचार गरी सबैलाई शुद्ध पानी उपभोग गराउने गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताइन् । त्यस्तै, खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक र आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरिएको पालिकाले जनाएको छ ।

उक्त प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता थियो भने पालिकाभित्र नै प्रयोगशाला स्थापना भएपछि पानीको शुद्धताका लागि सहज हुने भएको छ । पालिकाको यो पहिलो पानी परीक्षण प्रयोगशाला हो । पानीका मुहान र मूल प्रशस्त रहे पनि सबै खानका लागि योग्य नहुने हुँदा परीक्षण गर्ने विधि भएपछि पानी शुद्ध छ या छैन सबै जानकारी लिन सजिलो हुने स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी बताउछन् ।

उक्त पानी परीक्षण नियमित नहुँदा सफा, शुद्ध, स्वच्छ छ या छैनभन्दा पनि दैनिक आवश्यकता परिपूर्तिका लागि पानी उपभोग गर्न स्थानीय बाध्य थिए । पानीका कारण विभिन्न रोग लाग्ने हुँदा सबैभन्दा पहिला खानेपानी उपभोगमा ध्यान दिनुपर्ने उनी बताउछन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?