Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह


महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् ।

जिल्लामा नौ पालिकामा ५७ सामुदायिक विद्यालय छन् भने भीमदत्त नगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरी तयार गरिने प्रतिवेदनका आधारमा व्यवस्थापन गर्ने जनाएको छ । त्यस्तै, भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख कलावती मिश्रले सामुदायिक विद्यालयको अनुगमन जारी रहेको बताइन् ।

‘चालिसवटा विद्यालयको समग्र अवस्थाबारे स्थलगत अनुगमन भइसकेको छ’, उनले भनिन्, ‘सो क्रममा विद्यार्थीको सङ्ख्या, विद्यालयको अवस्था र विद्यालयबीचको दूरीलगायतका विषय बुझ्ने गरिएको छ ।’ उनले प्रतिवेदनपछि मात्रै विद्यालय समायोजनदेखि व्यवस्थापनका विषय अघि बढ्ने जानकारी दिइन् ।

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले गत वर्ष नै विद्यालय समायोजन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालय अनुगमन गरिसकेको छ भने शिक्षा शाखाका प्रमुख सुरेशप्रसाद भट्टले गत वर्ष शैक्षिक सत्र सुरु भइसकेकाले समायोजनको निर्णय हुन नसकेको बताए। ‘यहाँ रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये तीनदेखि चार वटासम्म समायोजन हुने भन्ने छ’, उनले भने,’त्यसका लागि कार्यदलसमेत पालिकामा बनेको छ ।’ उनले यो वर्ष पालिकामा विद्यालय समायोजन भइसक्ने बताए ।

त्यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले सामुदायिक विद्यालयमा समायोजन गरिसकेको छ । यहाँको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले यहाँ एउटा सामुदायिक विद्यालय समायोजन गरिएको बताए । ‘दोधारा चाँदनीमा २३ वटा सामुदायिक विद्यालयबाट समायोजन गरेर २२ रहे’, उनले भने, ‘दरबन्दी मिलान पनि सोहीअनुसार भइसकेको छ।’

बेल्डाँडी गाउँपालिकाले पनि समायोजन कार्य अघि बढाउन सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा १२ सदस्यीय कार्यदल बनाएको छ ।’कार्यदलले यहाँ रहेका १४ वटै विद्यालय अनुगमन गरी प्रतिवेदन बनाएर पालिकाका अध्यक्षलाई बुझाएको छ’, बेल्डाँडी गाउँपालिका शिक्षा शाखाका प्रमुख भानुभक्त जोशीले भने, ‘अध्यक्ष र कार्यपालिकाबाट निर्णय हुन बाँकी छ ।’

त्यस्तै, शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख दीपक कलौनीले कञ्चनपुरमा बेदकोट र दोधारा चाँदनी नगरपालिकामा एक-एक विद्यालय समायोजन भएको जानकारी दिए । कञ्चनपुरमा कुल दुई सय ५९ सामुदायिक विद्यालय सञ्चालित छन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?