Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

सलमानको फार्महाउसमा पर्खाल नाघेर प्रवेश गरेका दुई युवक पक्राउ


मुम्बई। ज्यान मार्ने धम्की पाइरहने बलिउड अभिनेता सलमान खानको पनवेलस्थित फार्महाउसमा बिना इजाजत प्रवेश गर्ने प्रयास गरेको आरोपमा पञ्जाबका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार नवी मुम्बई प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । पक्राउ पर्नेमा अजेश कुमार गिला र गुरु सेवक सिंह सिख रहेका छन् भने उनीहरू झाडीमा लुकेर फार्म हाउसको पर्खाल नाघेर भित्र पसेका थिए ।

उनीहरुलाइ फार्महाउसका म्यानेजरले उनीहरूलाई पक्रेर मुम्बई प्रहरीलाई बुझाएका थिए । प्रहरीका अनुसार दुवैलाई सोधपुछपछि छाडिएको छ ।सलमानमाथि सन् १९९९ मा राजस्थानको जोधपुरमा कालो हिरणको शिकार गरेको आरोप छ । यही कारण सन् २०२२ मा ग्यांगस्टर लरेन्स बिश्नोईले उनलाई ज्यान मार्ने धम्की दिएका थिए ।

त्यसपछि मुम्बई प्रहरीले उनलाई वाई प्लस सुरक्षा दिनुका साथै हतियारको लाइसेन्स समेत दिएको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?