Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहयोग गर्ने प्रतिबद्धता


काठमाडौं। सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संसद्मा विचाराधीन सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमा आफूहरूले कुनै किसिमको बाधा अवरोध खडा नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमार्फत द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका जायज माग सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले सरकारले सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरू विधेयकप्रति सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उक्त भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका वरिष्ठ उपाध्यक्ष रीता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्री दाहाललाई जति अरू नेतालाई अनुभूत नहुने भन्दै प्रधानमन्त्री दाहालकै कार्यकालमा द्वन्द्वपीडितका सबै माग सम्बोधन हुने विश्वास समेत व्यक्त गरेकी छन् ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारले सरकार र विद्रोही दुवै तर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमासमेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै विधेयकमा सम्भव हुने विषय समावेश गरी परिमार्जन गरिने बताएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?