Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

ज्योतिष विद्यालाई गरिखाने माध्यम मात्र नबनाऔँः मन्त्री खड्का


काठमाडौं। रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई हचुवाका भरमा जीविकोपार्जनको माध्यम बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल ज्योतिष परिषद्को रजत महोत्सव पारेर आयोजित कार्यक्रममा रक्षामन्त्री खड्काले ज्योतिष परिषद्को सफलताको कामना गर्दै ज्योतिष विद्यालाई चीना बनाउने र टिप्पणी गर्नेभन्दा माथि उठाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, ज्योतिष विद्यालाई व्यवस्थित, वैज्ञानिक र अनुसन्धानमूलक रूपमा विकास गर्न आवश्यक भएको औँल्याउँदै त्यसका लागि सरकारले सहयोग गर्ने आश्वासन खड्काले दिएका छन् ।

उनले समाजमा ज्योतिष विद्याको महत्व उल्लेख्य रहेको बताउँदै हाल ज्योतिष विद्या जान्नेको नाममा गलत सन्देश फैलाउने र कमाईखाने पेशा बनाउने प्रवृत्ति बढेको भन्दै त्यसको अन्त्य गरी अझ वैज्ञानिक र व्यवस्थित गर्न आवश्यक भएको धारणा राखे । त्यसका लागि उनले सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।

‘ज्योतिष विद्यालाई यदाकता हचुवाको रूपमा अभ्यास गर्ने र यसलाई जीविकोपार्जनको माध्यम मात्र बनाउने गरेको देखिएको छ । त्यसलाई निराकरण गरी यो विद्यालाई वैज्ञानिक र अनुसन्धानमूलक विद्याको रूपमा विकास गर्न आवश्यक छ भने यसतर्फ यो संस्था र सबै विज्ञहरूले विशेष ध्यानदिनुहुन अनुरोध छ,’ खड्काले भने ।

उनले भने, ‘ज्योतिष हाम्रो समाज,पारिवारिक र व्यक्तिगत जीवनसँग अभिन्न रूपमा गाँसिएको विद्या हो । यो प्रमाणित भैसकेको छ । यसलाई हामीले अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गर्दै विश्वभर यसको प्रचार(प्रसारमा अघि बढ्न अझ बढी जोड गर्नुपर्ने आवश्यकता छ । यो संस्थाले त्यसको लागि पहल गरोस् । आवश्यक सहयोग गर्न सरकार तयार छ ।’ कार्यक्रममा ज्योतिष विद्याको क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

त्यस्तै, परिषद्ले ज्योतिष विद्याको माध्यमबाट नागरिकमा ज्योतिषिय सन्देश प्रवाह गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरेका खड्काले ज्योतिष विद्यालाई समय प्रविधि सुहाउँदो गरी विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

 


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?