Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भर्खरै सांसद बनेका बङ्गलादेश क्रिकेट टिमका कप्तान सकिबले हाने समर्थकलाई थप्पड


काठमाडौं। भर्खरै सम्पन्न भएको आम निर्वाचनबाट सांसद बनेका बङ्गलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसनले एक समर्थकलाई थप्पड हानेका छन् । मतदान गर्न मतदान स्थल पुगेका शकिबले धक्का लागेको भन्दै समर्थकलाई गालामा थप्पड हानेका हुन् ।

उनीसँग सेल्फी र भिडियो खिच्नेको भिड हुन्छ । त्यही भिडमा पुगेका एक समर्थकबाट उनलाई पछाडिबाट धक्का लाग्छ र उनी फर्किएर उक्त समर्थकलाई गालामा थप्पड हानेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।

त्यस्तै, भारतीय सञ्चारमाध्यम हिन्दुस्थान टाइम्सका अनुसार उक्त घटना २ दिनअघिको हो । निर्वाचनमा सहभागी भएका शकिब मतदान गर्न मतदान स्थल पुगेका थिए । बङ्गलादेशमा आइतबार भएको आम निर्वाचनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिबले जित हासिल गरेका हुन् ।

शकिबले १ लाख ८५ हजार ३ सय ८८ र प्रतिद्वन्द्वी बङ्गलादेश कांग्रेसका रेजल हसनले ४५ हजार मत पाए ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?