Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भर्खरै सांसद बनेका बङ्गलादेश क्रिकेट टिमका कप्तान सकिबले हाने समर्थकलाई थप्पड


काठमाडौं। भर्खरै सम्पन्न भएको आम निर्वाचनबाट सांसद बनेका बङ्गलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसनले एक समर्थकलाई थप्पड हानेका छन् । मतदान गर्न मतदान स्थल पुगेका शकिबले धक्का लागेको भन्दै समर्थकलाई गालामा थप्पड हानेका हुन् ।

उनीसँग सेल्फी र भिडियो खिच्नेको भिड हुन्छ । त्यही भिडमा पुगेका एक समर्थकबाट उनलाई पछाडिबाट धक्का लाग्छ र उनी फर्किएर उक्त समर्थकलाई गालामा थप्पड हानेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।

त्यस्तै, भारतीय सञ्चारमाध्यम हिन्दुस्थान टाइम्सका अनुसार उक्त घटना २ दिनअघिको हो । निर्वाचनमा सहभागी भएका शकिब मतदान गर्न मतदान स्थल पुगेका थिए । बङ्गलादेशमा आइतबार भएको आम निर्वाचनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिबले जित हासिल गरेका हुन् ।

शकिबले १ लाख ८५ हजार ३ सय ८८ र प्रतिद्वन्द्वी बङ्गलादेश कांग्रेसका रेजल हसनले ४५ हजार मत पाए ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?