Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

४७ किलो अवैध चाँदी सहित ३ जना पक्राउ


काठमाडौं। काठमाडौंका विभिन्न स्थानहरूबाट प्रहरीले ४७ किलो चाँदी सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा कलैया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगन्ज महानगरपालिका(३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् ।

त्यस्तै, भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिल-बिजक बिना चाँदीका गरगहनाहरू भण्डार गरी बिक्री गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?