Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चिसो अत्यधिक बढेपछि रौतहटका विद्यालयहरूमा बिदा दिइँदै


काठमाडौं। रौतहटका १८ वटा पालिकालाई हिउँदे वा वर्षे बिदाबाट जाडो बिदा दिनका लागि शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ ।

त्यस्तै, एक शैक्षिक सत्रमा हिउँद बिदा वा बर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द रहने प्रावधान बमोजिम बर्षे बिदा सञ्चित रहेकोबाट आवश्यकता अनुसार जाडो बिदा दिन सुझाव दिएको छ भने शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गौरका प्रमुख रामविनय सिंहद्वारा हस्ताक्षरित सूचनामा जाडो अत्यधिक बढेकाले बिदा दिन आग्रह गरिएको हो ।

उक्त इकाइ कार्यालय गौरले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो । त्यसअनुसार कतिपय विद्यालयहरूले बिदा दिन थालेका छन् भने शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम तीन मा तोकिएबमोजिम बिदा दिन सूचनामा भनिएको छ ।

त्यस्तै, चन्द्रपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सामुदायिक तथा संस्थागत विद्यालयलाई पुस २४ गते देखि माघ पाँच गतेसम्म बिदा दिएको जनाएको छ भने चन्द्रपुर नगरपालिका वडा नं. पाँच मा रहेको जनज्योति माध्यमिक विद्यालयले १३ दिन जाडो बिदा दिएको छ ।

चन्द्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा चन्द्रनिगाहपुरको मिति २०८०-९-२३ को च.नं. ३३९ को पत्रानुसार शैक्षिक क्यालेण्डर २०८० बमोजिमको बाँकी रहेकाले १३ दिन बिदा मध्ये कट्टा हुने गरी बिदा दिएको उल्लेख गरेको छ भने जनज्योति माध्यमिक विद्यालयले सोमबार निकालेको सूचनामा पुस २४ गतेदेखि माघ पाँच गते शुक्रबारसम्म विद्यालयको पठन पाठन बन्द गरिएको जनाएको छ ।

सो विद्यालयको पठनपाठन माघ सात गतेदेखि यथावत् विद्यालय सञ्चालन हुने जारी सूचनामा उल्लेख छ, तर यस बीचको अवधिमा सार्वजनिक बिदाबाहेक विद्यालय प्रशासन भने खुल्ला रहने जानकारी गराएको छ ।

केही दिनदेखि अत्यधिक चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जाडो बिदा दिएको जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?