Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

चिसो अत्यधिक बढेपछि रौतहटका विद्यालयहरूमा बिदा दिइँदै


काठमाडौं। रौतहटका १८ वटा पालिकालाई हिउँदे वा वर्षे बिदाबाट जाडो बिदा दिनका लागि शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ ।

त्यस्तै, एक शैक्षिक सत्रमा हिउँद बिदा वा बर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द रहने प्रावधान बमोजिम बर्षे बिदा सञ्चित रहेकोबाट आवश्यकता अनुसार जाडो बिदा दिन सुझाव दिएको छ भने शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गौरका प्रमुख रामविनय सिंहद्वारा हस्ताक्षरित सूचनामा जाडो अत्यधिक बढेकाले बिदा दिन आग्रह गरिएको हो ।

उक्त इकाइ कार्यालय गौरले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो । त्यसअनुसार कतिपय विद्यालयहरूले बिदा दिन थालेका छन् भने शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम तीन मा तोकिएबमोजिम बिदा दिन सूचनामा भनिएको छ ।

त्यस्तै, चन्द्रपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सामुदायिक तथा संस्थागत विद्यालयलाई पुस २४ गते देखि माघ पाँच गतेसम्म बिदा दिएको जनाएको छ भने चन्द्रपुर नगरपालिका वडा नं. पाँच मा रहेको जनज्योति माध्यमिक विद्यालयले १३ दिन जाडो बिदा दिएको छ ।

चन्द्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा चन्द्रनिगाहपुरको मिति २०८०-९-२३ को च.नं. ३३९ को पत्रानुसार शैक्षिक क्यालेण्डर २०८० बमोजिमको बाँकी रहेकाले १३ दिन बिदा मध्ये कट्टा हुने गरी बिदा दिएको उल्लेख गरेको छ भने जनज्योति माध्यमिक विद्यालयले सोमबार निकालेको सूचनामा पुस २४ गतेदेखि माघ पाँच गते शुक्रबारसम्म विद्यालयको पठन पाठन बन्द गरिएको जनाएको छ ।

सो विद्यालयको पठनपाठन माघ सात गतेदेखि यथावत् विद्यालय सञ्चालन हुने जारी सूचनामा उल्लेख छ, तर यस बीचको अवधिमा सार्वजनिक बिदाबाहेक विद्यालय प्रशासन भने खुल्ला रहने जानकारी गराएको छ ।

केही दिनदेखि अत्यधिक चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जाडो बिदा दिएको जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?