Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

पशुपति परिसरमा भक्तजन आमाहरूका लागि स्तनपान कक्ष निर्माण


काठमाडौं। पशुपतिनाथ परिसरमा स्तनपान कक्ष निर्माण गरिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिरमा दर्शन गर्न आउने भक्तजन आमाहरूलाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले स्तनपान कक्ष निर्माण गरेको हो ।

उक्त मन्दिरको मूल द्वारको देब्रेतर्फ रहेको सत्तललाई मर्मत गरी स्तनपान कक्ष बनाइएको कोषले जनाएको छ । कोषका अनुसार औसतमा दैनिक ३० हजार जनासम्म भक्तजनहरू पशुपतिमा दर्शन गर्न पुग्न गर्दछन् । त्यस्तै, उनीहरूमध्ये स्तनपान गराउने उमेर समूहका बालबालिकासहित दर्शनमा पुगेका महिलाहरूले मन्दिर परिसरको बाहिर नै बसेर स्तनपान गराउँदै आएका थिए।

उनीहरूलाई सहज होस् भनी दुई वटा सोफा, लिटो खुवाउन आवश्यक तातोपानीसहित स्तनपान कक्षको व्यवस्था गरिएको बताइएको छ ।उक्त कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले लामो समयदेखि बन्द भएर बसेको सत्तललाई रंगरोगन र कार्यालयमा नै भएका फर्निचरहरू व्यवस्थापन गरी स्तनपान कक्ष बनाइएको जानकारी दिइन् ।

उनले स्तनपान कक्षको सुरक्षाको लागि नजिकै बैङ्क र सशस्त्र प्रहरीको सुरक्षाकर्मी पनि रहने भएकोले आमा तथा बालबालिका पनि सुरक्षित हुने बताइन् । त्यस्तै, स्तनपान कक्षमा आमा र बालबालिका बाहेक पुरुष व्यक्ति छिर्न नमिल्ने नियम बनाइएको छ।

त्यस्तै, बालबालिकाको डाइपर फेर्न मिल्ने गरी डस्टविन तथा लिटो खुवाउन चिसो तातो पानीको समेत व्यवस्था गरिएको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?