Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

इलाममा छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ


काठमाडौं। छोराको हत्या गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिकाका एक जना पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले माई नगरपालिका-६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो । उनले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेको प्रहरीको भनाइ रहेको छ ।

प्रहरीका अनुसार उनीहरुबीच सोमवार राति घरेलु विषयमा विवाद भएको क्रममा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट सिकिस्त घाइते भएका जीवनलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्‍याइएको थियो ।

उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनापछि गाउँलेले दिलकुमारलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?