Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

फ्रान्सकी प्रधानमन्त्रीले एलिजाबेथले दिइन् राजीनामा


काठमाडौं। फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री बोर्नको राजीनामा अन्य उपायहरू लगायत केही विदेशी नागरिकहरूलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानून राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको थियो भने म्याक्रोन राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि मे २०२२ मा बोर्नलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

उनी फ्रान्सको दोस्रो महिला प्रधानमन्त्री थिइन् । राष्ट्रपति म्याक्रोनको कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म बोर्नले काम चलाउ सरकारको रूपमा काम गर्न भनिएको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?