Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २२२ पुग्यो


लुसाका। जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २२२ जना पुगेको छ ।

गत वर्षको अक्टोबरमा हैजाको महामारी फैलिएपछि यसको सङ्क्रमणको कुल सङ्ख्या ५ हजार ४६२ पुगेको छ। पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५६७ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

उक्त मन्त्रालयका अनुसार सोही अवधिमा ३४० जना निको भई घर फर्किएका छन् यसका साथै निको भएर घर फर्किनेको सङ्ख्या ४ हजार १७२ पुगेको छ । त्यसैगरी सङ्क्रमित मध्ये अस्पताल भर्ना हुन बाँकीको सङ्ख्या १ हजार ५९ छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयको दैनिक अपडेटअनुसार देशका १० प्रदेशमध्ये सात प्रदेशमा प्रभावित जिल्लाको सङ्ख्या ३१ पुगेको छ भने हैजाबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ।

सो मन्त्रालयले चीनद्वारा निर्मित नेशनल हिरोज स्टेडियमलाई हैजा उपचार केन्द्रको रूपमा तोकेको छ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?